Breaking News

नेपालको दूरसञ्चार सेवा अन्य मुलुकको तुलनामा महँगो

नेपालको दूरसञ्चार सेवा अन्य मुलुकको तुलनामा  महँगो

काठमाडौं – नेपालको दूरसञ्चार सेवा अन्य मुलुकको तुलनामा दोब्बर महँगो भएको महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदनले प्रस्ट्याएको छ । यो उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत हुने महालेखाले ठहर गरेको छ ।

अधिक नाफा कमाउने तर महँगोमा उपभोक्तालाई सेवा दिने कम्पनीहरूबारे नियमन गर्न प्रतिवेदनमा नेपाल दूरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार मन्त्रालयलाई सुझाव दिइएको छ ।

महालेखा प्रतिवेदनमा अमेरिका, बेलायत, यूरोपेली मुलुकहरू, जर्मनी, जापान, चीन, मलेशिया, भारत र नेपालका विभिन्न टेलिकम अपरेटरहरूको सञ्चालन नाफाको तुलनात्मक विश्लेषण गरिएको छ । नेपाली टेलिकम अपरेटरहरूले चर्को सेवाशुल्क लिएर अधिक नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वका विभिन्न मुलुकका दूरसञ्चार कम्पनीको सञ्चालन नाफा २४ देखि ३७ दशमलव ८ प्रतिशतसम्म मात्रै हुने महालेखाले बताएको छ । तर, नेपालका दुई ठूला टेलिकम कम्पनीको नाफा ६२ प्रतिशतसम्म पुगेको तथ्यांकमा उल्लेख छ । याे खबर आजकाे आर्थिक अभियान दैनिकमा छ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *