Breaking News

भारतद्वारा सिरहा जिल्लामा प्रसूति अस्पताल निर्माण

भारतद्वारा सिरहा जिल्लामा प्रसूति अस्पताल निर्माण

सिरहा- नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीद्वारा सिरहा जिल्लामा चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गएको छ ।

राजनीतिक तथा सामुदायिक अगुवा एवम् भारत–नेपाल निकटका बहुसंख्यक व्यवक्तिहरुका साथ नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य, कोषाध्यक्ष तथा चन्द्रनारायण मेमोरियल ट्रस्टका अध्यक्ष सीता देवी यादवले उक्त उद्घाटन समारोहमा उपस्थिति जनाएकी थिइन् ।

सिरहा जिल्ला र यस वरिपरिका ५० गा.वि.सहरुका जनताहरुको मातृत्व तथा स्वास्थ्य सेवामा पहुँच प्रदान गर्न सकियोस् भन्ने हेतुले उक्त अस्पतालको निर्माण गरिएको जनाइएको छ ।

गुणस्तरिय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित न लाभ न घाटा सिद्धान्त अन्तर्गत चन्द्रनारायण यादव मेमोरियल ट्रस्टद्वारा अस्पताल सञ्चालित छ ।

२५ श्याहरु भएको यस नव निर्मित मातृत्व अस्पताल भवन भारतीय सरकारको रु २.६९ करोड अनुदान सहयोगमा निर्माण भएको हो ।

यस परियोजनामा चिकित्सकीय उपकरणहरु जस्तै अल्ट्रासाउण्ड, एक्स–रे, ब्लड बैंक, इमरजेन्सी, माइनर ओटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखाशाखा र भुइँ तल्लामा शौचालय तथा आइसीयु, सीसीयु, र मेजर ओटी रहेका छन् ।

यस नव निर्मित संरचनाले सिराहा जिल्ला र यस वरिपरिका जिल्लाहरुका जनताहरुको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार प्रदान गर्नुका साथै मातृत्व तथा बाल मृत्युदर घटाउन सहयोग पु¥याउने विश्वास लिएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *