Breaking News

चीनसँग सम्झौता गरेको भन्दै जनकपुरधाममा प्रदर्शन

चीनसँग सम्झौता गरेको भन्दै  जनकपुरधाममा प्रदर्शन

राजविराज– चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले परियोजना संचालन गर्न लागेको भन्दै आईतबार जनकपुरधाममा प्रदर्शन भएको छ ।

स्थानीय युवा, विद्यार्थी र नागरिक समाजका अगुवाहरुले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणबद्व आन्दोलनमा उत्रने बताए ।

जनकपुरको भानु चोकबाट निकालिएको ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा पुगी कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा बोल्दै स्थानीय युवा नेता उपेन्द्र प्रसाद साह, विद्यार्थी नेता किसन साह, नागरिक समाजका अगुवा राजसोनु दास, श्रवण कुमार यादव लगायतले ऋण लिएर चीनबाट प्रदेश सरकारले गाई ल्याउन लागेको भन्दै बिरोध जनाए ।

उनीहरुले यो कार्य रोक्न केन्द्रीय र प्रदेश सरकारसँग आग्रह गर्दै नरोकिए कड आन्दोलनमा उत्रने बताए ।

सम्झौता संघीय सरकारले गरेको हो : कृषि मन्त्री साह

प्रदेश सरकारबिरुद्व नै प्रदर्शन भएपछि प्रदेश २ सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले आफूहरुले सम्झौता नगरेको प्रष्टिकरण दिएका छन् । मन्त्री साहले चीन सरकारको एक डेरी फर्मसँग संघीय सरकारको कृषि मन्त्रालयले सम्झौता गरेको बताए ।

‘हामी संघीय कृषि मन्त्रालयसँग यसबारेमा प्रारम्भिक सम्झौता गरेका हौं’ मन्त्री साहले भने, “चीनको उक्त डेरी फर्म हाम्रो देशको कृषि अनुसन्धान केन्द्र जस्तै संस्था हो ।” उक्त सम्झौता अनुसार चीन सरकारले यो प्रदेशमा गाई पनि दिन सक्छ, अथवा अन्य कृषिमा लगानी गर्न सक्ने मन्त्री साहले बताए । यसका लागि प्रदेशमा २ सय ५० हेक्टर जग्गा माग गरिएको र जग्गाका लागि आफूहरुले ध्यान दिइरहेको उनले बताए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *