Breaking News

मौसम बिग्रियो, बाहिर निस्कँदा सतर्क हुनुहोला

मौसम बिग्रियो, बाहिर निस्कँदा सतर्क हुनुहोला

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले घर बाहिर निस्कँदा सचेत भएर बाहिर निस्कन आग्रह गरेको छ । मौसममा खरावी आएपछि महाशाखाले सचेत हुन आग्रह गरेको हो ।

शुक्रबारदेखि नै मुलुकको मौसममा खरावी आएको छ । शनिबार बिहान एकाएक अँध्यारो भएको छ ।

महााशाखाले मेघ गर्जनसहित भारी वर्षा हुने जनाएको छ । त्यसैगरी देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हुरी बताससहितको वर्ष हुने सम्भावना प्रक्षेपण गरेको छ ।

दिउँसो पनि देशको अधिकांश भूभागहरुमा  सामान्यदेखि पूर्णतया बदली रहने जनाएको छ । उच्च हिमाली  भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम  हिमपातको  संभावना देखिन्छ। तराइका भूभागहरुमा हुरी बतास चल्ने संभावना देखिएको महाशाखाले जनाएको छ ।

 शनिबार राति पनि हावाहुरीसहित मेघगर्जनसहित वर्षा हुने तथा चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ ।

मौसमविद्हरुले पश्चिमी बायूको असरले गर्दा नै पहिलेको तुलनामा मौसम बिग्रिएको बताएका छन् । किन बिग्रियो भनेर भन्न भने नसकिने मौसमविद्हरु बताउँछन् ।

नेपालमा प्रविधिको अभावले मौसमबारे यकिन भन्न नसकिएको उनीहरुको गुनासो छ ।

बारा पर्सामा आएको ‘टोर्नायो’ जस्तै नेपालमा यसअघि पनि नआएको उनीहरुले बताइरहेका छन् ।

तर केही मौसमविद्हरुले भने २०४४ सालमा काठमाडौंको दशरथ रंगशालामा भएको भूमरी र बारा–पर्साको भूमरीलाई एकै भनेका छन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *