Breaking News

एसइई परीक्षा : सामाजिक विषयको प्रश्नपत्र पनि आउट

एसइई परीक्षा : सामाजिक विषयको प्रश्नपत्र पनि आउट

राजबिराज : एसईई परीक्षाको प्रश्नपत्र बाहिरिने क्रम जारी रहेको छ । शुक्रवार हुने सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएको छ । एक गोप्य स्थानमा प्रश्नपत्रको फोटो काँपी भइरहेका स्थानबाट  हाम्रो संवाददताले फेला पारेको हो ।

बाहिरिएको प्रश्नपत्र सक्कली हो वा होइन् भन्ने कुरा परीक्षा सुरु भएपछि मात्र आधिकारिक रुपमा पुष्टि हुनेछ । प्रश्नपत्रको तीन पेज बाहिरिएको हो । जसमा पहिलो प्रश्न छ– तपाईको प्रदेशलाई आर्थिक रुपमा सबल बनाउन के गर्नुपर्दछ ? कुनै एक उपाय उल्लेख गर्नुहोस् ।

विहिवार भएको विज्ञान विषयको प्रश्नपत्र पनि बाहिरिएका थिए । जसका कारण प्रदेश २ का आठै जिल्लामा विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र कहाँबाट र कसरी बाहिरिए भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउन प्रदेश २ सरकारको तर्फबाट शिक्षा निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माको अध्यक्षतामा छानविन समिति समेत गठन गरिएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *