Breaking News

एसइई परीक्षामा माफियाको सेटिङ्ग, पत्रकारलाई प्रवेश निषेध

एसइई परीक्षामा माफियाको सेटिङ्ग, पत्रकारलाई प्रवेश निषेध

शैलेन्द्र सिंह

राजविराज – माध्यमिक शिक्षा परीक्षा (एसइई) को तेस्रो दिन मर्यादित एवं शान्तिपूर्ण ढंगले सम्पन्न भएपनि केही परिक्षा केन्द्रमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।
ह्यापिलैन्ड उच्च मावि परिक्षा केन्द्रमा गणित विषयको परीक्षामा अमर्यादित क्रियाकलाप भईरहदा सप्तरीका पत्रकारहरुले सूचना पाएपछि परीक्षा केन्द्र पुग्दा केन्द्रभित्र प्रवेश गर्न रोक लगाइएको थियो । शिक्षा क्षेत्रका माफियाका रुपमा परिचित ह्यापिलैन्ड केन्द्रका केन्द्राध्यक्ष विजयानन्द झाले केन्द्रमा प्रवेश रोक लगाईएको सहायक केन्द्राध्यक्ष रमेश बरालले संचाकर्मीहरुलाई जानकारी गराई फर्काएका थिए ।
उक्त परीक्षा केन्द्रभित्र ४ वटा निजी तथा एउटा सामुदायिक विद्यालयको परीक्षा केन्द्र रहेको छ । निजी विद्यालयहरुले मुख्य विषयहरुको लागि “परीक्षा सेटिङ्ग” गरेको हुँदा केन्द्रभित्र पत्रकाहरुलाई रोक लगाइएको शिक्षा स्रोतको दावी छ ।
जिल्लामा अधिकांश परीक्षा केन्द्रहरुमा परीक्षा सेटिङ्ग गर्न सम्बन्धित विषयका गार्डहरुलाई नियुक्ती गर्ने र परीक्षा सहभागी जनाएका सम्बन्धित विद्यालयहरुसँग केन्द्राध्यक्ष र जिल्ला शिक्षा समन्वय इकाइका केही उच्च स्तरका कर्मचारीहरुले लाखौ रुपैया लेनदेन भएको शिक्षा स्रोतले जनाएको छ ।
परीक्षामा जम्मा आठ हजार ६१८ जना परीक्षार्थी सम्मिलित भएको छ । तीमध्ये परीक्षामा नियमित तर्फ छात्र चार हजार २४२ र छात्रा चार हजार ११४ गरी आठ हजार ३५६ जना सम्मिलित भएको शिक्षा विकास तथा समन्वय इकाई परीक्षा शाखा प्रमुख बिरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *