Breaking News

छिन्नमस्ता मन्दिरका पिठाधिसमाथि साघातिक आक्रमण, कार्यालय तोडफोड

छिन्नमस्ता मन्दिरका पिठाधिसमाथि साघातिक आक्रमण, कार्यालय तोडफोड

राजविराज – सप्तरीको छिन्नमस्ता मन्दिरका पिठाधिस महाकान्त ठाकुर माथी साघातिक आक्रमण भएको छ ।
गए राती हथियार सहित मन्दीर परिसर भित्र प्रबेस गरेका एक समूहले ज्यान मार्ने उद्देश्यले पिठाधिसलाई साघातिक आक्रमण गर्दै कुटपिट गरेको बताईएको छ ।
मन्दीरमा रहेका आन्तरिक विवादका कारण मन्दीर समितिका पूर्व अध्यक्ष समेत रहेका रानारायण यादव “रामबाबुले” कुटपिट गरेको स्थानियहरुले बताएको छ । पीठाधीस ठाकुरलाई कुटपिट गर्दै मन्दीरको कार्यालय परिषर र विश्राम कक्षमा राखिएको फर्निचर तथा पुजा सामग्रिह समेट तोडफोड गरिएको पिठाधिस ठाकुरले जानकारी दिए ।
पिठाधिस ठाकुरका अनुसार रामवाबु र स्थानिय अमिर राय भन्ने व्यक्ति राति ११ –१२ बजेको समयमा हतियार सहित आफुलाई ज्यानमार्न आएका थिए । तर हार गुहार गरेपछि स्थानियहरुले समयमै आएर आफुलाई बचाए ।
ठकुरले भने– सुतिरहेको समयमा एक्कासी ढोकामा आएर गाली गलौज गर्दै ढोका खोल्न लगाई गुटपिट गरेको छ ।
स्थानिय नेता जय प्रकास यादवका अनुसार मन्दीर समितिको विवाद पहिल्य देखि थियो यो घटना, हिसाव सार्वजानिक नगर्ने नाटक पनि हुन सक्छ, । लाखौ मुल्य बरावरको सुन चाँदीको हिसाव अहिले पनि मन्दीर समितिले दिएको छैन ।
रामनरायण यादव “रामबाबु” धेरै दिन सम्म भुमिगत समूहमा रहि कम गरेका थिए । अहिले छिन्नमस्ता गाउँपालिकामा स्थानिय तस्तरको स्वतन्त्र राजनिति गरिरहेको छ । पिठाधिस माथि भएको आक्रमण लाई लिएर विश्व हिन्दू परिसद एकल विद्यालय अभियानले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको घोर भ्रसर्ना गरेको छ ।


एकल विद्यालय अभिनका प्रदेश अध्यक्ष विन्दुलाल साहले निकालेको ज्ञिप्तीमा भनिएको छ छिन्नमस्ता जस्तो शक्ति पिठका पिठाधिस माथी आक्रमण हुनु सिंगो धर्म माथि आक्रमण भएको बुझिएको छ ।
घटनाको छानविन गरी दोषीमाथी कार्वाही अविलम्ब कार्वाही अगाडि बढाउन सप्तरी प्रशासन संग माग गरेको छ ।
यता राजपा नोपलका युवा नेता किसोर कुमार यादवले घटनाको भ्रतसना छिन्नमस्ता मन्दीरमा रहेको विबादलाई अविलम्ब समाधान गरी मन्दीर भित्र श्रदालु भक्तजनलाई सहज वातावरण बनाउन मन्दीर समिति संग माग गरेको छ ।

 

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *