पूर्व राजाले भने शान्तिका लागि देश भ्रमणमा निस्किएको हुँ

पूर्व राजाले भने  शान्तिका लागि देश भ्रमणमा निस्किएको हुँ

जनकपुर–  पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा शान्ति भएपछि मात्रै विकास हुने तर्क राखेका छन् । शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा माता जानकीको दर्शन गरेपछि पत्रकारसँग कुरा गर्दै शाहले देशमा शान्ति भएपछि मात्रै विकास हने  आफू देशको शान्तिको  भ्रमणमा निस्किएको बताए ।

पूर्व राजा शाहले भने, ‘म मधेशको भ्रमण होइन देशको भ्रमणमा आएको हुँ, तराई पनि देशको अभिन्न अंग हो ।’ देशमा शान्ति आएपछि देशसंगै तराईको पनि विकास हुने बताए ।  पुर्वराजा शाहले जानकी मन्दिरमा करिब १० मिनेट पूजापाठ गरि रामजानकी विवाहस्थल मडवाको समेत अवलोकन गरेका थिए ।

शाहलाई स्वागत गर्न हजारौको संख्यामा पूर्व राजा शाहका  समर्थक, राप्रपा संयुक्तका नेता कार्यकर्तासहित स्थानीयको उल्लेखनिय सहभागिता रहेको साथै राजारानीको फोटो समेत लिएर स्वागत गरेका थिए ।

आफ्नो पक्षमा माहोल बनाउन बुधबार जनकपुर आएका पूर्वराजा शाहले बिहीबार धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी, मलंगवालगायतको स्थानमा आफ्ना समर्थकहरुलाई भेटघाट गरेका थियो ।

पूर्वराजा शाहको स्वागतका लागि मन्दिरको उत्तरी मुलद्वार हुँदै जानकी मन्दिरसम्म रातो कार्पेट बिछ्याइएको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *