स्थास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार पदबाट बर्खास्त

स्थास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार पदबाट बर्खास्त

काठमाडौं –सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गरेको छ ।

प्रतिष्ठानका सहकुुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपति एवं प्रधानमन्त्री केपी ओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गर्नुभएको हो ।

यसअघि फागुन १६ र १७ गते वालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति (सिनेट) बैठकले सर्बसम्मतिबाट प्रतिष्ठानको उपकुलपति पदबाट डा. रौनियारलाई हटाउने निर्णय गरेको थियो । सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्य मन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्री समक्ष सिफारिस गर्नुभएको थियाे ।

सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्री समक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान रहेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *