भारतीय दुतावासद्वारा दुई सय जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान

भारतीय दुतावासद्वारा दुई सय जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान

राजविराज– काठमाण्डौ स्थित रहेको भारतीय दुतावासले नेपालका विभिन्न विद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २ सय जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ ।
५० जिल्लाका एबिबिएस, बिडिएस, बिई, बिएस्सी, बिबिए, बिकम लगायत ३६ वटा स्नातक कोर्षका लागि विद्यार्थीहरुलाई २०१८÷२०१९ को स्वर्णजयन्ती छात्रवृति प्रदान गरेको हो ।
होटेल ह्यातमा स्वर्ण जयन्ती छात्रवृति समारोहको आयोजना गरी शिक्षा सचिव ठगराज बरालले छात्रवृति पाएका विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका छन् ।
उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत श्री मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न सल्लाह दिए । उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने जिकिर गरे ।
सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य” को ५० वर्ष पुरा भएको अवसरमा यस प्रतिष्ठित स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो ।
छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भइ १ सय पुगेको थियो । सन् २०१२ देखि यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर २ सय भएको छ । यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबिबिएस÷बिडिएस को विद्यार्थीले पाँच वर्ष सम्म प्रति महिना नेरु ४ हजार बिई को विद्यार्थीले चार वर्षसम्म प्रति महिना नेरु ४ हजार अन्य स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्ष सम्म प्रति महिना नेरु ३ हजार प्राप्त गर्नेछन् । हाल सम्म नेपालका ७७ जिल्लका २ हजार ३ सय ५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरिसकिएको छ ।
नेपाल तथा भारतका विश्वविद्यालय तथा कलेजमा चिकित्सा, विज्ञान, पशु विज्ञान, औषधि विज्ञान, दन्त विज्ञान, कृषि, इन्जिनियरिङ्ग, कला, कमर्स, विज्ञान, कम्पुटर विज्ञान, नर्सिङ तथा अन्य विभिन्न विषयका अध्ययनका लागि भारत सरकारले कूल ३ हजार छात्रवृत्ति प्रदान गरेको छ । यी छात्रवृत्तिहरु नेपाल तथा नेपाली जनताको समग्र सामाजिक–आर्थिक विकासका निमित्त नेपालमा मानव स्रोतको विकासमा सहयोग पुर्याउन भारतले गरेको प्रयासको एक हिस्सा बन्दैै जानेछ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *