विप्लवमाथि प्रतिवन्ध : बैद्यको आपत्ती

विप्लवमाथि प्रतिवन्ध : बैद्यको आपत्ती

राजविराज –सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’समूहमाथि प्रतिवन्ध लगाएको विषयमा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाएको छ । बुधबार सो पार्टीका महासचिव मोहन बैद्यले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘ भरखरै सरकारद्वारा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाइएको कुरा समेत सार्वजनिक गरिइएको छ ।

हाम्रो पार्टी राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष माग गर्दछ ।’ क्रान्तिकारी माओवादीको हिजो बसेको स्थायी समितिको बैठकले  राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका सवालमा विभिन्न पक्षसँग कार्यगत एकता गर्ने निर्णय समेत गरेको विज्ञप्तीमा जनाईएको छ ।   बैद्य माओवादीले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका भएको ११ बुंदे सहमतिका केही बुंदाको समेत विरोध गरेको छ ।

‘प्रतिनिधिबीच प्रधानमन्त्रीको उपस्थितिमा ११ बुँदे सहमति गरिएको कुरा प्रकाशमा आएको छ । सो सहमतिको दोस्रो बुँदामा “तराइमधेश लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं” भनी उल्लेख गरिएकोमा त्यसलाई “जनमत संग्रहमा जान सहमत भएको” भनेर स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट अथ्र्याइएको पनि प्रकाशमा आएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसरी सहमतिमा अमूर्त भाषा र द्विअर्थ लाग्ने विवादास्पद पदावली प्रयोग भएकोमा त्यसको विरोध गर्दै राष्टिय अखण्डता तथा सार्वभौमिकता जस्तो सम्वेदनशील विषयमा  सरकारका तर्फबाट गल्ती भएकोमा त्यसलाई अविलम्व सच्याउन पार्टी विशेष आग्रह गर्दछ ।’ टीकापुर हत्याकाण्डको घटनामा प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसलाको भने बैद्य माओवादीले विरोध गरेको छ

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *