सरकारी प्रतिबन्धपछि ‘जनसत्ता’ घोषणाको तयारीमा विप्लव समूह

सरकारी प्रतिबन्धपछि ‘जनसत्ता’ घोषणाको तयारीमा विप्लव समूह

काठमाडौँ – सरकारले पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय स्तरमा ‘जनसरकार’ घोषणा गर्ने तयारी थालेको छ ।

प्रतिबन्धको प्रतिक्रियास्वरुप स्थानीय तहमा जनसरकार घोषणा गर्ने तयारी नेकपा स्रोतले जनाएको छ । सरकारले आफ्नो पार्टीलाई अपराधिक संगठनको रुपमा व्याख्या गरी प्रतिबन्ध लगाउने निर्णय गरेपछि बसेको आकस्मिक सचिवालय बैठकले यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै गएराति बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न नेकपाले विज्ञप्ती जारी गर्ने तयारी भएको स्रोतले जनाएको छ । सरकारले प्रतिबन्ध गरेसँगै पार्टीका नेता कार्यकर्ताहरु मोवाइल अफ गरेर भूमिगत भैसकेका छन्

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *