शिवको पूजा गरी भव्य रुपमा शिवरात्री पर्व मानाईयो

शिवको पूजा गरी भव्य रुपमा शिवरात्री पर्व मानाईयो

राजविराज – जिल्लामा रहेको विभिन्न शिव मन्दीहरुमा भगवान शिवको पूजापाठ गरी भव्य रुपमा शिवरात्री पर्व मानाईएको छ ।
सप्तरीको विभिन्न ठाउँमा रहेका शिव मन्दिरहरुमा बिहानैदेखि श्रदालु भक्तजनहरुको बिहानै देखी भिड लागेको थियो ।
राजविराजस्थित हरिनन्देश्वर महादेव, शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर, कंचनरुप नगरपालिकाको बलुवास्थित भजनेश्वर महादेव मन्दिर, धर्मपुरस्थित धर्मेश्वर महादेव मन्दिर, महदेवाको अंकुरी महादेव मन्दिर, लालापट्टीको लालेश्वरनाथ, रुपनगरको श्रीमार्ग , डाक्नेश्वरी नगरपालिकाको भिमेश्वर महादेव ,शिवालयसहित विभिन्न शिवालयहरुमा पूजा गर्नका लागि श्रदालु भक्त जनहरुको बिहानैदेखि दर्शनार्थीहरुको घुँइचो थियो । राजविराजबाट २५ किलोमिटर टाढा रहेको सप्तकोशी नदीबाट जल ल्याएर भक्तजनहरुले पूजाआजा गरेका छन् ।

सोही अवसरमा विभिन्न संस्थाहरुले बिहानदेखि भक्तजनहरुलाई सुविधाका लागि जल, फूल र बेलपत्र निःशुल्क वितरण गरिएको छ । शिवरात्रीकै अवसरमा राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा पुरोहितद्वारा रुद्री पाठ गरिदै छ । हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा ंस्कृति कार्यक्रको समेत अयोजना गरेको मन्दिर समितिले जनाएको छ ।

सुरक्षाको दृष्टिकोणले शिवालयहरुमा भक्तजनहरुको भिड भएकोले जिल्लाका शिवालयहरुमा सुरक्षा व्यवस्था मिलाएर सहगोग गरेको सप्तरीका प्रवक्ता एंव डिएसपी भावेश रिमालले जानकारी दिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *