Breaking News

कांग्रेसमा केन्द्रीय पदाधिकारी पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस

कांग्रेसमा केन्द्रीय पदाधिकारी पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस

काठमाडौँ – नेपाली कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ ।

गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकमा मुख्यगरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो ।

यस विषयमा कांग्रेस केन्द्रीय समिति बैठकमा पक्ष र विपक्षमा दुवै थरीका धारणा आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए। यही बहसका कारण महासमिति बैठकपछि केन्द्रीय समिति बैठक पटक पटक बसे पनि पार्टीको विधानले अझै अन्तिम रुप पाउन सकेको छैन । सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा सोमबार केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, शङ्कर भण्डारी, मीन विश्वकर्मा, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, प्रवक्ता शर्मा, हरिप्रसाद नेपाल र अमृत अर्यालले आ–आफ्नो धारणा राखेका थिए।

केन्द्रीय सदस्य बडूले महासमिति बैठकमा आएको सुझाव विधानमा समेट्न पार्टी नेतृत्व विचलित हुन नहुने धारणा राखेको बताए । साथै उनले विधानमा देखिएका अन्य अस्पष्टतालाई शीघ्र टुङ्ग्याएर संविधानअनुसारका पार्टी संरचना बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । अर्का केन्द्रीय सदस्य श्रेष्ठले समावेशिता भनेको मनोनयन नभई सम्बन्धित क्लस्टरका व्यक्तिबीच प्रतिस्पर्धा हुने भएकाले यसमा कुनै पनि रोक लगाउन नहुने धारणा राख्नुभएको थियो ।

त्यस्तै केन्द्रीय सदस्य भण्डारीले महासमिति बैठकमा ठूलो सङ्ख्यामा सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेकाले यस विषयलाई पार्टीले आत्मसात् गर्नुपर्ने धारणा राखेको बताए।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *