बाँझो जग्गा स्थानीय सरकारको नाममा

बाँझो जग्गा स्थानीय सरकारको नाममा

कैलाली : बाजुराको गौमुल गाउँपालिकाको सोमबार बसेको गाउँसभाको बैठकले गाउँपालिका भरीको बाँझो जग्गा स्थानीय सरकारको नाममा राख्ने निर्णय गरेको छ ।

गाउँसभाको चौथो गाउँसभाबाट गाउँपालिका भरि रहेको जमिनको पहिचान गरी खाली रहेको जमिनमा गाउँपालिका भित्रका भूमिहिन तथा जोखिममा रहेका परिवारलाई स्थान्तरण गर्ने एवंम जमिनको व्यवस्थापन गरिने भएको छ ।

गाउँपालिकाभित्र प्रयाप्त जमिन भई जमिन बाँझो राखेका जग्गा धनीहरुलाई खेती गर्ने प्रत्साहित गर्ने यदी खेती गर्ने कार्य सुरु नगरी पुनः जमिन बाँझो रोखेको जमिनलाई स्थानीय सरकारको नाममा गर्ने कार्यका लागि आवश्यक पहल गर्ने निर्णय समेत गाउँसभाले पारित गरेको छ ।

करिव १ हप्ता लामो घनिघुत रुपमा छलफल गरी गाउँपालिकाका निर्माणाधिन विभिन्न ऐन, कानुन, नियम, निर्देशिका र कार्यविधि सर्वसहमतिका आधारमा अनुमोदन गरी पास गरेको छ ।

शुक्रबारबाट गाउँपालिकाले निरन्तर छलफलपछि आज गाउँसभा सञ्चालन गरिएको हो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *