Breaking News

डाक्नेश्वरी नगरपालिकाले बजेट दुरुपयोग गरेको भन्दै सृजनात्मक समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए

डाक्नेश्वरी नगरपालिकाले बजेट दुरुपयोग गरेको भन्दै  सृजनात्मक समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए

राजविराज –  सप्तरीको डाक्नेश्वरी नगरपालिकाले बजेट दुरुपयोग गरेको भन्दै माँ डाक्नेश्वरी सृजनात्मक समितिले आज प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

समितिले आर्थिक वर्ष २०७४/०७५ को आय/व्यय विवरणको सूचना सार्वजनिक गर्नुपर्ने, जिन्सी खरिद सम्बन्धी सूचना उपलध गराउनुपर्ने, स्थानीय लेखापरीक्षण प्रतिवेदन र महालेखा परिक्षण प्रतिवेदनको सूचना उपलब्ध गराउनुपर्ने, सम्पन्न भएका सम्पूर्ण योजनाहरुको पूरै अन्तिम बिल भूक्तानीको रकमसहित पब्लिक अडिट रिर्पोटको छाया कपी उपलब्ध गराउनुपर्ने लगायतका १७ बूँदे माग राखि ज्ञापनपत्र बुझाएको हो ।

समिति यतिबेला भ्रष्टाचार तथा बेथिति विरुद्ध हाम्रो अभियान स्वच्छ, न्यायपूर्ण समाजको निर्माण भन्ने मूल नाराका साथ अगाडि बढिरहेको छ ।

नगरपालिकालाई विभिन्न संघ संस्था तथा सरोकारवालाहरुले विगतको आवमा लिखित पत्रमार्फत २०७५/०७६ को विवरण उपलब्ध गराउन ज्ञापन पत्रमार्फत माग गरेका छन् । संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ को हक अनुसार ती सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन माग गरिएको हो ।

त्यस्तै, नगरपालिका भित्र अधिकांश उपभोक्ता समितिमा जनप्रतिनिधिहरुको आसेपासे, एकै घर परिवारका सदस्य, एकै समुदायका सदस्यहरुलाई मनोमानि हिसाबले आफ्नो राजिखुसि उपभोक्ता समिति बनाएको समितिले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *