Breaking News

चिनीया सपना : ड्रेगनले यसरी छिमेक र अन्यत्र आफ्नो प्वाँख फैलाउदैछ

चिनीया सपना : ड्रेगनले यसरी छिमेक र अन्यत्र आफ्नो प्वाँख फैलाउदैछ

राजबिराज – विश्व शक्ति बन्ने र चीनका वैभवशाली दिनहरु फर्काउने राष्ट्रपति सि जिङपिंङको चिनीया सपनाको असर विभिन्न तरिकाले विश्वका विभिन्न भुभागमादेखिन  थालेको छ । यो असर युरोपमा ‘मार्के्टिंग र विज्ञापन’का लागि ठाँउ खोज्ने चिनियाँ कम्पनीहरुको संख्या वृद्धि र ह्वातै बढेको चीनिया पर्यटकहरुको चहलपहलले देख्न सकिन्छ । यद्यपि चिनीया सपनको असर अझ प्रष्ट देख्ने हो भने चीनको छिमेकीहरु र अफ्रिकालाई राम्ररी नियाल्नुपर्ने हुन्छ ।
वितेको पाँच वर्षमा चीनले आफ्नो असंग्लनताको नीतिलाई आँधीमा उडाउदै कसरी अन्य देशहरुको आन्तिरक मामिला र निर्णय प्रक्रियामा कहिले पर्दा पछाडीबाट त कहिले खुलेरै हस्तेक्षप गरेको छ बारे थुप्रै मिडीया रिपोर्टहरु पढ्न पाईन्छ । चीनिया हस्तक्षेप कमजोर राजनीतिक र आर्थिक संरचना भएको देशहरुमा अझ बढी देखिन्छ । यसैबीचमा राष्ट्रपनि सीको बेल्ट र रोड इनिसिएटिभ चीनिया अभिष्ट पुरा गर्ने प्रमुख साधनको रुपमा अघि बढेकोे छ । चीनले आफ्नो आर्थिक र रणनीतिक चासो रहेको देशहरुको राजनीतिक दलहरु, उद्योग, मिडीया तथा प्राज्ञिक क्षेत्रहरुमा आफ्नो समर्थकहरु पैदा गर्न थालेको छ । र यो उसले कसरी गरेको छ भने यी क्षेत्रहरुका प्रभावशाली व्यक्तिहरुलाई किनेको छ । उसले साना मुलुकहरुमा यो कार्य चीनिया दूताबासमार्फत गर्ने गरेको छ भने विकासशील देशहरुमा आफनो अभिष्ट पुर्तिका लागि ’प्रभावका दूत’हरु प्रयोग गर्ने गरेको छ जो की प्राय चीनिया मूलकै हुन्छन् ।
बेइजिङले अफ्रिकालाई प्रयोगशाला बनाई आफ्नो किनबेच गर्ने तथा प्रभाव पार्ने सीपको बिकास गरिरहेको छ । चाहे त्यो जिम्बाबे होस्, सेनेगेल या नाम्बिया, उसले त्यहाँका भष्ट् नेताहरुलाई किनेर ठेठ्का पार्ने, प्राकृतिक स्रोतहरुहरुको दोहन गर्ने र आफ्नो अनुसारको ‘डिल’हरु गर्ने कार्य गरिरहेको छ । अफ्रिकामा चीनिया भष्ट्राचारको सूची लामो छ । उद्दाहरणको लागि पछिल्लो एक दशकमा चीनका दुई ठुला टेलिकम कम्पनी हुवाबे र जेढटीइ अफ्रिकाका १४ भन्दा बढी देशहरुका भ्रष्टाचारमा मुछिएको पाइएको छ । सेनेगेलका राष्ट्रपति म्याकी सैलले सरकारी आयोजनाहरुका लागि युरोपियन युनियनलाई भन्दा पनि चीनलाई बढी प्राथमिकता दिने गरेको पाइएको छ । राष्ट्रपति निकटका स्रोतहरुका अनुसार चीनिया कम्पनी हेनान कन्सट्रक्सनले सेनेगेलका मुख्य निर्माण आयोजनाहरु हात पारिरहदा राष्ट्रपतिका परिवारका आफ्नो व्यापार चीनमा विस्तार गर्नथालेका छन् ।
छिमेकमा कम्वोडिया र पाकिस्तानपछि चीनको सबसे रणनीतिक चासो भएको देश र अहिले चीनको खेल्ने स्थान नेपाल बनेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन–समर्थक मानिन्छ । त्यसकारण नेपालका पुर्वाधार विकासका पुरै परियाजनाहरुको ठेक्का चीनिया कम्पनीले पाउनु र केही त टेन्डर नै नखुलाई पाउनुलाई आश्चर्यको रुपमा लिनुहुन्न । यसका अलाबा चीनिया दूताबासले नेपालका आन्तिरक मामिला र सबै तहको निर्णय प्रक्रियामा हस्तक्षेप गर्नका लागि केही राजनीतिक नेताहरु, सरकारी सल्लाहकारहरु र प्राज्ञिक व्यक्तिहरुलाई पनि पहिचान गरेको छ । जानकारहरुको अनुसार राजन भट्टराई त्यस्तै एकजना व्यक्तिहरुमध्ये हुनुहन्छ । राजन भट्टराई नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्य हुन् । उनलाई भर्खरै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गरिएको छ जुन पदमा उनी २००९ मे देखी २०११ फेबरुअरीमा पनि आसिन थिए । भट्टराई नेपाल–भारत सम्वन्धलाई नयाँ कोर्समा लेजान सुझाव दिनका लागि बनेको इमिनेन्ट पर्सनस गु्रप(इपिजी)का पनि सदस्य हुन् ।
नेपाल इस्टिच्युट अफ पौलिसी स्टडिजभित्रको एक स्रोतका अनुसार चीनले भट्टराईलाई विभिन्न विषयहरुमा अनुसन्धानका लागि पैसा खुवाइरहेको छ । सन् २०१८ को शुरुआतको चीनीया दुताबास काठमाडौंले भट्टराईलाई नेपाल–भारत सिमा विवादका विषयमा अनुसन्धान गर्नका लागि करीव २५ लाख नेरु प्रदान गरेको थियो । चीनिया दूताबासलाई भट्टराईले बुझाएको प्रतिवेदन ईपिजी रिर्पाटमा पनि समावेश गरिएको पाइएको छ । भट्टराईले चीनिया दूतावासमा प्रस्तुत गरेको प्रतिवेदन पढेका एक व्यक्तिले इपिजी प्रतिवेदनको केही भाग नेपाली मिडीयामा चुहिए लगतै दुईटै प्रतिवेदन बीचको समानता तुरुन्तै थाहा पाएका थिए । भट्टराई प्रधानमन्त्रीको परराष्ट्र सल्लाह नियुक्त हुनु चीनिया उपहार हो र उनी अहिले नेपालमा चीनको एक मुख्य स्रोतको रुपमा पनि देखिएका छन् ।
अष्ट्रेलियामा झै चीनिया व्यापारिक चासो विकसित राष्ट्रहरुमा झन् बढी देखिनथालेको छ । अष्ट्रेलियाको कुल व्यापारको एक चौथाई व्यापार चीनसँग छ । चीनमा पश्चिमा परिकारहरुको खपत बढेसँगै अष्ट्रेलियामा उत्पादित कुषि उत्पादनको ठुलो हिस्सा चीनिया पसलहरुमा पुग्न थालेको छ । धनी चिनीयाहरुले अष्ट्रेलियामा सम्पति खरीद गर्न थालेको छ भने चीनिया लगानी पनि बढ्दै गईरहेको छ । तर यो सबै मुल्य चुकाउनु परिरहेको छ अष्ट्रेलियाले । अष्ट्रेलियाका जासुसी संस्थाहरुसँग चीनले आफ्नो ‘प्रभावका दूतहरु’मार्फत त्यहाँ चीनिया कम्युनिष्ट पार्टीको अभिष्ट विस्तारका लागि अष्ट्रेलियाका राजनीतिक दलहरुलाई लाखौ डलर चन्दा दिइरहेको कैयौ रिपोर्टहरु छन् । वर्गीकृत विषयहरुमा प्रधानमन्त्रीलाई सल्लाह दिने संस्था – नेशनल असेसमेन्टका सह–सचिवको पदबाट सन् २००१मा निवृत भएका रोगर उरेनबारेको एक मुद्दा अष्ट्रेलियन अनुसन्धान विभागले सन् २०१५ मा सुल्झाएको छ । बर्षौ चलेको अनुसन्धानले उरेन र चीनीया मूलकी अमेरिकी नागरिक रहेकी उनकी पत्नी शेरी यानले अष्ट्रेलियामा महत्वपुर्ण जानकारीहरु संकलन तथा निर्णय प्रक्रियामा हस्तेक्षप गर्नका लागि एउटा ठुलो सञ्जाल बनाएको पत्ता लागेको छ । सञ्जाल निर्माणका लागि घुस, रोलेक्स घडी, टुरको व्यवस्था गरिएको पाइएको छ । यसप्रकारका घटनाक्रमहरु अन्य देशहरुमा पनि पाइएको छ र चीनले यस्ता कार्यहरु अझ त्रीव गतिले व्यापकता दिरहेको छ । ड्रेगनको विस्तारवादी नीति समयमै नरोकिने हो भने यसले अहिलेको वैश्विक व्यस्थालाई नै चुनौति दिन थाल्ने छन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *