Breaking News

हुलाकी राजमार्ग निर्माण सुस्त गतिमा

हुलाकी राजमार्ग निर्माण  सुस्त गतिमा

राजविराज – भारतको सहयोगमा निर्माण भईरहेको हुलाकी राजमार्गको काम सुरु भएको १३ वर्ष पुगिसक्यो । २०६२÷ ०६३ सालवाट हुलाकी राजमार्गको निर्माण शुरु भएपनि नेपाल सरकारको लापर्वाहीले सुस्त गतिमा काम भइरहेको छ । नेपाली पक्षको सुस्तताका कारण राजमार्गको सडक निर्माणको अवस्था झन–झन ढिलो हुँदै गएको छ ।
पूर्वदेखि पश्चिमसम्म एक हजार सात सय ९२ किलोमिटर लामो हुलाकी सडक बनाउने योजना छ । तर, राजमार्गको धेरै स्थानमा कालोपत्रे गर्ने कुरा त परै जाओस्, माटो हाल्ने काम पनि कछुवाको चालमा भइरहेको छ । नेपाल सरकारले यसतर्फ कुनै किसिमको ध्यान नदिँदा ठेकेदार कम्पनीहरुले मनमानी तरिकाले काम गरिरहेका छन् ।
अहिले पनि धेरै स्थानमा पुल निर्माणको काम अधुरो अवस्थामा छाडिएको छ । लामो समयदेखि चर्चामा रहेको हुलाकी सडक अन्तर्गत सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हुदै झापा जिल्ला सदरमुकाम भद्रपुरसम्म् चार पांग्रे सवारी साधन चल्ने अवस्था अहिले पनि छैन ।
सप्तरीमा पुल निर्माणको काम मात्र भई रहेको छ भने झापामा पुलसगै उतर दक्षिण जोड्ने सहायक सडक कालो पत्रे गर्ने काम भइरहेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापा, मोरङ जिल्लामा ४८÷४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ४६ किलोमिटिर हुलाकी सडक छ ।
यी जिल्ला अन्तर्गत पर्ने झापामा हुलाकी राजमार्गलाई जोडने सहायक राजमार्ग चारआली केचना ४० किलोमिटिर, मोरङमा कानेपोखरी रंगेली २५ किलोमिटिर र सप्तरीमा कल्याणपुर बर्सइन हूँदै स्वर्णपट्टी सम्म १८ किलोमिटर सहायक राजमार्ग रहेका छन् ।
यस वर्ष पुल र सहायक राजमार्ग मात्र निर्माण
हुलाकी राजमार्गको अन्य आयोजना कार्यालयहरुले ठेक्का समेत लगाउन समेत सकेको छैन् । हुलाकी राजमार्ग आयोजना इटहरीका अनुसार सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला जोड्ने हुलाकी राजमार्गमा यो वर्ष सप्तरी ४६ किलो मिटर र झापाको २० किलोमिटरमा मात्र काम भएको छ । हुलाकी राजमार्ग आयोजनाका प्रमुख विजय महतोका अनुसार सरकारले चालू आर्थिक वर्षका लागि ३८ करोड रुपैयाँ निकासा गरेको थियो । जसमा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा अहिले २ करोडदेखि माथिका साना ठूला गरी १३ वटा पुलको निर्माण भइरहेको छ । पुल निर्माणबाहेक अन्य कामको १५ प्रतिशत प्रगति भएको छ । त्यसैगरी झापा जिल्लामा ३३ करोड लागतमा मेची नदीमा पुलसहित १२ वटा पुल निर्माणका चरणमा छन् । सोही जिल्लामा चारआली केचना सडक ४० किलोमिटिर सहायक सडकमा कालोपत्रेको काम भइरहेको छ । यसवाहेक अन्य प्रगति योग्य काम हुलाकी राजमार्गको हुनसकेको छैन ।
हुलाकी राजमार्गको इतिहास
पूर्व पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो ।
राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिंड्ने छोटो बाटो जसलाई पदम शमशेरले आगाडि बढाएकाले पदम रोड पनि भनिन्छ । यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो । यो राजमार्ग पूर्व पश्चिम ९ सय ७५ किमी फैलिएको छ ।
पूर्व पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किमीको ३२ वटा सहायक राजमार्गहरू छन् । यी सबै जोड्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किमी पुग्छ ।
भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणकै क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतीय सहयोगको सैद्धान्तिक सहमति चाहिं २०६१ सालमा भएको थियो ।
२०६२÷०६३ को परिवर्तनपछि भारत सरकारले नेपाल सरकारबाट छनौट भएका १ हजार ४ सय ४० किलोमिटर सडकहरूको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्नेगरी सम्पन्न गरियो । सो बापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलहरूको निर्माण नेपालले गर्ने प्रावधानसहितको समझदारी भएको थियो ।
तर नेपाल सरकारको हुलाकी सड्क वनाउने नियत नदेखिएपछि बीचमै काम रोकिएको थियो ।
नेपालले गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार सात सय ९२.४२ किलोमिटर छ । यसमध्ये प्रथम चरणको काम लगभग ३३ प्रतिशत हो, जुन अझै अलपत्र छ । दोस्रो चरणको ६६ प्रतिशत निर्माण अन्यौलमा छ । एक हजार सात सय ९२.४२ किलोमिटरमा हालसम्म ६७.८४ किलोमिटर मात्र कालोपत्रे भएको छ । आयोजनाको अध्ययन अनुसार बाँकी सडकखण्ड माटो स्तरमै छ । कतिपय ठाउँमा सडकको आधारभूत संरचना पनि छैन ।
हुलाकी सडकमा भारतको सहयोग
नेपालको सबैभन्दा पुरानो राजमार्ग हुलाकी राजमार्ग बर्षाैदेखि अलपत्र रहेको अवस्था छ । पूर्व–पश्चिम राजमार्गको निर्माण भएपछि यो राजमार्ग झनै ओझेलमा प¥यो । तर, पछिल्लो एक दशक यता यो राजमार्ग निर्माणको क्रममा छ । भारत सरकारले सहयोग गरेपछि हुलाकी राजमार्ग बन्न शुरु गरेको छ । यद्यपी निर्माण कार्य सन्तोषजनक छैन् ।
जुन गतिमा काम हुनुपर्ने हो हुुन सकेको छैन् । भारत सरकारले इ.सं. २७ जुन २००६ मा हुलाकी सडक निर्माणका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । १५ जनवरी २०१० मा सडक निर्माणको कार्यान्वयनका लागि अर्काे सम्झौता भयो यो दुई देशकाबीच । त्यसपछि भारत सरकारले यो सडकका लागि अहिलेसम्म रु १ हजार ८ सय २० करोड रकम सहयोग गरेको भारतीय अधिकारीहरुले बताएका छन् ।
भारत सरकारले यत्रो सहयोग गर्दा पनि सडक निर्माण सुस्त गतिमा छ । भारतीय अधिकारीहरुका अनुसार नेपाल सरकार यो सडक बनाउन उदासिन देखिएको छ । आफूहरुले सहयोग गरेपनि नेपाली पक्षले नै यो सडक निर्माण नहोस् भन्ने चाहेका छन् ।
सरकारले तराईलाई हेप्यो
नेपालमा भारतका प्रधानमन्त्री, मन्त्रीहरूको भ्रमणका क्रममा हुलाकी राजमार्गको चर्चा बढी नै हुने गर्दछ । त्यस लगत्तै यो चर्चा सेलाउँछ । नेपालले मात्र हैन भारतले पनि यसको निर्माणमा चासो राख्ने गर्छ । तर, यतिका वर्ष वितिसक्दा राजमार्ग निर्माणको गतिले भने स्थानीयवासीमा निराशा पैदा हुन थालेको छ ।
हुलाकी राजमार्ग आसपास क्षेत्रका स्थानीयले समग्र तराईका जिल्लाहरुको विकासको ‘लाइफ लाइन’ का रुपमा रहेको हुलाकी राजमार्गको निर्माण सुस्त हुँदा सरकारप्रति उनीहरुले आक्रोश बढ्दै गएको देखिन्छ ।
‘पुरानो हुलाकी राजमार्ग जस्ताको त्यस्तै छ, पछि सुरु भएको पूर्व पश्चिम राजमार्ग उहिल्यै सम्पन्न भइसक्यो’ राष्ट्रिय जनता पार्टी निकट विद्यार्थी संगठनका अध्यक्ष किशोर कुमार यादवले भने ‘मधेसको बस्ती हुलाकी राजमार्ग वरपर नै छ । तर सडक छैन किन सरकारले यति विभेद गर्दैछ मधेसका जनतालाई ?’
हुलाकी राजमार्ग बनिसकेपछि तराई जनतामा समृद्धि आउने देख्रिएपछि नियतबस सड्कको कामलाई ढिला गरिहेको उनको आरोप छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *