Breaking News

त्रिविले स्वयू निर्वाचनको मिति तोकिए पनि निर्धारित समयमा चुनाव हुदैन : अध्यक्ष यादव

त्रिविले स्वयू निर्वाचनको मिति तोकिए पनि निर्धारित समयमा चुनाव हुदैन : अध्यक्ष यादव

राजविराज – राष्ट्रिय जनता पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी यूनियन को निर्वाचन हुने मिति तोकिए पनि निर्वाचन हुने छाँटकाँट नरहेको बताएका छन । मंगलवार पत्रकार संग कुरा गर्दै अध्यक्ष यादवले स्वबियू निर्वाचनलाई लिएर बिभिन्न कोणबाट बहस बेला यस्तो कुरा बाहिर आएको बताए । उनले भने विद्यार्थी संगठनले प्रतिस्पर्धा गर्ने यो निर्वाचन मुलुकमा एक दशकदेखि हुन सकेको छैन् ।
एक दशकदेखि स्वबियू निर्वाचन नहुनु बिडम्बना हो’ यादव भन्छन ,विद्यार्थी राजनीतिसँग जोडिएको यो निर्वाचन तोकिएकै मितिमा हुनु जरुरी छ ।
निर्धारण गरिएको फागुन १४ को मितिमा निर्वाचन हुन नदिन सत्ता पक्षले नै षड्यन्त्र गरिरहेको बताउँदै यादवले यो मितिमा निर्वाचन नभए आफ्नो संगठन सडकमा उत्रने चेतावनी दिएका छन् । ‘सरकार र प्रमुख प्रतिपक्षी पनि यो निर्वाचन नहोस् भन्ने चाहेका छन’ अध्यक्ष यादव भन्छन, देशमा सबै तहको चुनाव सम्पन्न भईसकेको अवस्थामा विद्यार्थीको निर्वाचन रोक्नु जायज हुँदैन् ।
अहिले सत्ता वा प्रतिपक्षमा रहेकाहरु विद्यार्थी राजनीतिबाटै आएको बताउँदै उनले पछिल्लो एक दशक यता विद्यार्थीको निर्वाचन नगराएर बूढो भएसम्म आफैं राजनीतिमा लागिरहने सोंचका कारण यो निर्वाचन गराउन नचाहेको यादवको आरोप छ । ‘विद्यार्थी नेत्तृत्वबाटै अहिलेका नेताहरुले राजनीति गर्दै यहाँसम्म आएको कसैसँग लुकेको छैने’ उनी भन्छन्न “अहिलेको पुस्तालाई पछाडि पार्न गरिने षड्यन्त्र आफूहरुलाई मान्य हुँदैन् ।”
एक दशकले विद्यार्थीबीच स्ववियु चुनाव हुन नसक्नु विद्यार्थी राजनीतिकको लागि दुर्भाग्य र दुःखद भएको भन्दै उनले भने, “विद्यार्थी बीचमा नेतृत्व सिक्ने र सिकाईने थलोको रुपमा रहेको स्ववियु निर्वाचन निर्धारित समयमा गराउनु आवश्यक छ ।” गत पुस २३ गते नै त्रिवि मातहतका सबै आंगिक क्याम्पसमा स्ववियु चुनाव गर्न त्रिविले परिपत्र गरिसकेको बताउँदै यादवले अहिलेसम्म सबै विद्यार्थी संगठनलाई बोलाएर यसबारेमा छलफल नगरिनु दुःखद रहेको बताउँछन् । ‘विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विद्यार्थी संगठनको सर्वदलीय बैठक बोलाउनुपर्ने थियो, तर त्यो बोलाउन सकेको छैन्’ उनले भने ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *