Breaking News

फाइनल फुटबल खेलमा हेल्दी अक्वा विजय

फाइनल फुटबल खेलमा हेल्दी अक्वा विजय

 

कठौना – सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं.८ स्थित संयासी युवा क्लव पोखरियाद्धारा आइतवार आयोजित मेयरकप फाइनल फुटबल खेल प्रतियोगिता २०७५ को हेल्दी अक्वा वाटर मोहनपुर सप्तरी विजय भएका छन् ।

मेयरकप फुटबलको फाइनल खेलका प्रमुख अतिथि माननीय सांसद तेजुलाल चौधरीले फुटबल हस्तान्तरण गरी खेल शुरु गरेका थिए । वडा नं.–८ पोखरिया मैदानमा शुरु भएको अन्तिम दिनको फुटवल खेलमा हेल्दी अक्वा वाटर मोहनपुर, सप्तरी र सलहेश युवा क्लव भोटियाटोल, सिरहा बिच कडा प्रतिस्पर्धा खेलले दर्शकलाई रोनक बनाइएको थियो । दुबै टिमले एक एक गोल दिई बराबर भएपछि अन्तिमा पेनान्टि मार्फत खेलको अन्तिम रुप दिइएको थियो । पेनान्टिवाट हेल्दी अक्वा वाटर मोहनपुरले ४ गोल दिइएका थिए भने सलहेश युवा क्बल भोटियाटोल सिरहाले २ गोल दिइएका थिए । सो पेलान्टी खेलमा हेल्दी अक्वाले दुई गोल दिई विजयी भएका हुन् ।

सप्तरी जिल्लाको संसदीय क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सांसद तेजुलाल चौधरीले विजय भएका हेल्दी एकुवा टिमलाई कप प्रदान गरेका छन् । सांसद चौधरीले विजय भएका खेलाडीहरुका लागि पुरस्कार स्वरुप कम्तीमा एक लाख रुपैया नगद उपलब्ध गराउन नगरपालिकालाई आग्रह गरे । उनले शम्भुनाथ नगरपालिकाको मा.वि. भगवतपुर, मा.वि. कचनदाहा, भंगहा फिल्ड र लहरनियामा रहेको फिल्डमा फुटबल खेलहरु हुनुपर्ने बताउँदै स्टेडियम बनाउनुपर्नेमा जोड दिए ।

प्रथम विजेता हेल्दी अक्वा वाटर मोहनपुरलाई नगद ३५ हजार रुपैया र द्वितिय विजेता सलहेश युवा क्बल भोटियाटोल सिरहालाई नगद २५ हजार रुपैया पुरस्कार र कप, मेटल र खेलाडीहरुलाई प्रमाण पत्र दिइएका थिए । संयासी युवा क्लवद्धारा आयोजित मेयरकप फुटवल प्रतियोगिताका अध्यक्ष रमानन्द पंडितको अध्यक्षतामा भएको फाइनल खेलमा शम्भुनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कविता सरदार, वडा नम्वर ८ का वडा अध्यक्ष लक्ष्मीकान्त चौधरी, नगरविकास समितिका अध्यक्ष एंव स्वकीय सचिव बिरेन्द्र पंडित, संयासी क्लवका अध्यक्ष धनीलाल चौधरी, लगायतको उपस्थिति रहेको थियो । भने फुटबल खेल हेर्न हजारौ दर्शकहरुको भिड थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *