Breaking News

मेयर कपमा एपीएफ बिजयी

मेयर कपमा एपीएफ बिजयी

राजविराज- सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित मेयरकप २०७५ फुटबल प्रतियोगिता अन्तर्गत बिहीवारको खेलमा एपीएफ बर्दीबास महोत्तरी बिजयी भएको छ ।
गोठटोल (हिमान्चल) सिरहालाई शुन्यका बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै एपीएफ बर्दीबास बिजयी भएको हो ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत शुक्रवारको खेल एपसी महोत्तरी र हेल्दी एक्बा मोहनपुर सप्तरीबीच हुने आयोजक समितिका सचिव श्रवणकुमार चौधरीले जानकारी दिनुभयो । प्रतियोगिताको बुधवार एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी र उपप्रमुख कबिताकुमारी सरदारले उद्घाटन गर्नुभएको थियो ।
सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरीका बिभिन्न १२ क्लबको सहभागिता रहेको सो प्रतियोगिताको बिजेताले नगद रु. ३५ हजार र कप हात पार्ने छ भने उपबिजेताले नगद रु. २५ हजार पाउने आयोजकले जनाएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *