Breaking News

चीनको सिनजियाङमा मुस्लिम समुदायकाे पीडा छताछुल्ल , टरसुनले गुमाए एक बर्षिय छोरा

चीनको सिनजियाङमा मुस्लिम समुदायकाे पीडा छताछुल्ल , टरसुनले गुमाए एक बर्षिय छोरा

राजविराज – पछिल्ला केही दिनखेखि देशको पश्चिमी क्षेत्रमा सिनजियाङमा रहेका अल्पसंख्यक मुसलमानप्रति रवैया देखाएका कारण चीनको चर्को आलोचना भइरहेको छ ।
चीनले यो राज्यमा ठूलो संख्यामा मुसलमानलाई क्याम्पमा कैद गरेर राखेको आरोप आलोचकहरुले लगाएका छन् ।
एउटा संयुक्त राष्ट्रसंघीय कमिटीले सिनजियाङमा करिब ८ लाख मुसलमानलाई हिरासतमा राखि उनीहरुलाई ‘दोस्रो पटक शिक्षा’ दिइरहेको जानकारी दिएको थियो । सिनजियाङमा मुसलमानलाई बन्दी बनाइएको धेरै प्रमाणहरु सार्वजनिक भएका छन् । चीनलले सो क्षेत्रमा धेरै मुस्लिम अल्पसंख्यकहरूलाई असुरक्षित पारेको छ । सिनजियाङमा को वरिपरि चीनिया सरकारको व्यापक निगरानीले सो क्षेत्रलाई वायुको जेल’ भनी वर्णन गरेको छ, ।
सिनजियाङ संग लामो समय सम्मको इतिहास छ जुनचीनमा १.४ अरब राष्ट्रको एक देशमा लगभग २२ मिलियन जनसंख्याको बस्ती भएको क्षेत्र हो, सिनजियाङ । सिनजियाङमा कुलजनसंखयाको आधा भाग मुस्लिम भएपनि उनिहरुको कुरा चल्दैन त्यहा तिनिहरुलाई दमन गरेर राखेको छ । एक टिर्पोटका अनुसार मुस्लिम समुदायको लागि अहिले पनि चीनको सनजियाङमा दास प्रथा रहेको पुष्टि गरेको छ । तर चीनले आफुहरु सो क्षेत्रमा आप्रवासीवाद कार्यक्रमको रूपमा स्वैच्छिक व्यावसायिक प्रशिक्षण सञ्चालन गरिदै आईरहेको जनाईएको छ ।

आमा बुवालाई भेटन आएका टरसुनको पिडा

मिह्रगुल टरसुन उर्मिक ले जब आफ्नो आमा बुवालाई भेट्न चिनको सिंजियांग पुगे तब उसलाई थाहा थिएन तिन वर्ष उसलाई पिडा खेप्नुपर्नेछ । हो, टरसुन आमा बुवालाई भेटेर चिनबाट जब फर्किन थाले उसलाई एयरपोर्टमा मुसलिम भएकै कारण सोधपुछ गर्न थालियो । टरसुनलाई विभिन्न किसिमका मानसिक यातना दिदै सिंजियांगमा बासोवास गर्ने व्यक्तिहरुलाई कसरी चिन्नुहुन्छ भनेर धेरै प्रश्नहरु तेर्सेयाए । जब टरसुनले चिनिया अधिकारीहरुको जवाफ दिन सकेन । अनि उनलाई हिरासतमा लियो । ऊ सँग रहेको तिनवटा बच्चालाई अलग गरेर टरसुनलाई तिन महिनासम्म हिरासतमा राखियो । टरसुनल तिन महिला पछि नजरबन्दबाट बाहिर आउँदा डाक्टरले उसलाई भन्यो कि तपाईको बच्चा मोहनेद अस्पतालमा छ । अस्पताल जाँदा उसको बच्चाको मृत्यु भइसकेको थियो । टरसुनले त्यसपछि आफ्नो २ वटा बच्चा लिएर मृत्यु भएको बच्च मोहनेदको यादमा आफ्नो जिवन विताइरहेको छ । सिंजियांग क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायसँग चिनिया सरकारले यस्तै किसिमको अभद्र व्यवहारहरु गर्दै आइरहेको छ । टरसुन भन्छन् म आफ्नो बच्चा मोर्स र एलिनालाई मृत्यु भएका छोरा मोहनेदको बारेमा भन्छु कि चीनको सरकारले उसको भाइलाई हत्या गरियो । टरसुलाले भन्यो कि सिंजियांग क्षेत्रमा बासोवास गर्ने बहुसंख्यक मुस्लिम र बेजिंगको झगडामा आफ्नो बच्चा सिकार भएको हो । सिएनएल का रिपोर्ट अनुसार सियांजी क्षेत्रका आठ लाख मुस्लिम जनतालाई चिनिया सरकारले हिरासतमा राखेर चिनियाँ गतिविधि बारे शिक्षा दिइरहेको छ

को हुन वीगर ?

चीनको पश्चिमी प्रान्त सिनजियाङमा रहेका एक करोडभन्दा धेरै वीगर समुदायका मानिस मुसलमान छन् । सांस्कृतिक रुपमा मध्य एसिया देशका निटक मान्ने उनीहरुको भाषा पनि टर्कीसँग मिल्दोजुल्दो छ ।
केही वर्षयता ठूलो संख्यामा चीनका बहुसंख्यक नस्लीय समूह ‘हान’ सिनजियाङमा बस जानु एक संवेदनशील मुद्दा बनेको छ । अर्को समूह हावी भएपछि वीगर समुदायका मानिसको सिनजियाङबाट रोजगारी र संस्कृति खतरामा पर्न थालेको हो ।
कहाँ छ सिनजियाङ ?
सिनजियाङ चीनको पश्चिम क्षेत्रको सबैभन्दा ठूलो प्रान्त हो । यसको सिमाना भारत, अफगानिस्तान र मंगोलियालगायतका केही देशसँग जोडिएको छ । यसलाई पनि तिब्बतलाई जस्तै स्वायत्त क्षेत्र भनेर पनि चिनिन्छ । तर यहाँको सरकारको साँचो बेइजिङको हातमा रहेको छ ।

वर्षौँदेखि यो प्रान्तको अर्थव्यवस्था खेती र व्यापारमा केन्द्रित रहँदै आएको छ । २० औं शताब्दीको सुरुवातमा वीगर समुदायले केही समयकालागि मात्रै भए पनि सिनजियाङ प्रान्तलाई स्वतन्त्र घोषणा गरेका थिए । पछि १९४९ को कम्युनिष्ट क्रान्तिपछि यो प्रान्त चीनको एक भाग बनेको हो ।

अहिले सिनजियाङमा के भैरहेको छ

२०१८ को अगस्ट महिनामा संयुक्त राष्ट्रसंघको एक मानवअधिकार समितिले बताएको थियो की ‘वीगर स्वायत्त क्षेत्र नजरबन्दमा’ परेको छ । त्यसबेला यहाँ १० लाख मानिस हिरासतको जीवन बिताइहेको बताइएको थियो ।
मानवअधिकार संगठनका अनुसार एकातर्फ बन्दी क्याम्पका राखिएका मानिसलाई चिनियाँ भाषा सिकाउने गरिन्छ । उनीहरुलाई चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति वफादार रहेको कसम पनि खान लगाइन्छ । र उनीहरुको आफ्नो धर्म र संस्कृतिको आलोचना पनि गर्न लगाइन्छ ।
वीगर समुदायले कडा निगरानीको सामना पनि गर्नु परेको छ । उनीहरुको घरको ढोकामा क्यूआर कोड्स लगाइएको छ र अनुहारलाई चिन्नकालागि क्यामरा पनि फिट गरिएको छ । अधिकारीले आफूले चाहेको बेलामा घरभित्र को छ भनेर थाहा पाउन सक्छन् । स्रोत सिएनएन

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *