Breaking News

मेलम्ची आयोजनामा ठेकेदारलाई १४ दिने अन्तिम मौका

मेलम्ची आयोजनामा ठेकेदारलाई १४ दिने अन्तिम मौका

काठमाडौं – मेलम्चीको पानी कहिले खान पाउँला भनेर बस्ने काठमाडौं उपत्यकावासीको सपना सजिलै पूरा हुने लक्षण देखिएको छैन । ठेकेदार कम्पनी नै बेपत्ता भएपछि आयोजना नै अलपत्र परेको छ ।

यसैबीच मुख्य ठेकेदार कम्पनीलाई नेपाल फर्कन सरकारले अन्तिम मौका दिइएको छ । नेपाल छोडेको महिना दिनसम्म नआएपछि आयोजनाको आइतबार बसेको बैठकले अन्तिम सन्देश पठाएको हो ।

आयोजनाले ठेकेदारलाई फर्काउन १४ दिनको भाका राखेर सन्देश पठाएको आयोजना स्रोतको भनाई छ । स्रोतका अनुसार उक्त सन्देशमा १४ दिनभित्र ठेकेदार नेपाल नफर्केमा ठेक्का सम्झौता रद्द गर्न बाध्य हुने उल्लेख छ ।

इटालियन ठेकेदार कम्पनी सीएमसी दी रिभेन्ना वित्तीय संकटमा परेपछि उसका कर्मचारीहरु आयोजनाको काम छोडेर हिँडेका थिए । अंग्रेजी नयाँ वर्ष मान्न जाने बहानामा देश छोड्न लागेको भन्दै कम्पनीका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायत ८ जनाको आयोजनाले प्रहरीको सहयोगमा राहदानी खोसेको थियो ।

त्यसपछि नयाँ वर्ष मनाएर फर्किने भन्दै सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका थिए । त्यसयता उनीहरुले फर्किने भनेको दिनमा नआई उल्टै अनेक थरीको माग अघि सार्दै आईरहेका छन् ।

खानेपानी मन्त्री बिना मगरले गएको दशैंमै उपत्याकावासीलाई पानी खुवाउने भन्दै आश्वासन बाँडेकी थिइन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *