Breaking News

भारतीय दूतावास र क्लोक वीको पाँचलाख उद्यमशीलसम्म पहुँच

भारतीय दूतावास र क्लोक वीको पाँचलाख उद्यमशीलसम्म पहुँच

काठमाडौं – भारतीय दूतावासद्वारा क्लाँक वी विजनेस इन्नोभेसनसँगको सहकार्यमा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन उत्साहजनक सहभागितामा शनिवार  सम्पन्न भएको छ।

सम्मेलन नेपाल तथा भारतका थुप्रै उद्यमीहरु, लगानीकर्ताहरु, प्रवद्र्धकहरु, व्यवसायीक सल्लाहकारहरुको ध्यान आकृष्ट गर्न सफल रहेको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जि फन्टका संरक्षक विष्णुप्रसाद रिमालले कार्यक्रमको उद्घाटन गर्दै यूवाहरूलाई उद्यमशिल बनाउन यस किसिमको कार्यक्रम लाभदायी हुने बताए ।

नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले युवा उद्यमीहरुबीच पुग्न पाएकोमा खुसी व्यक्त गरे । उनले सिर्जनशिल कामहरूमा दुतावास सदैव सहकार्य गर्न तयार रहेको बताए ।

भारतबाट पाँचजना र नेपालबाट पन्द्रजना भन्दाबढी प्रमुख कार्यकारी अधिकृतहरुरलगानीकर्ताहरुले सहभागीहरुलाई सम्बोधन गरेका थिए  जसमा दुवै राष्ट्रका यूवा उद्यमीहरुले सहभागीता जनाउने छन् ।

कार्यक्रममा भारतका विक्रान्त गुजनानी– संस्थापक (ट्रान्स एसिया भेन्चर र यू फर्स्ट भेन्चर), आदित्य घोष–प्रमुख कार्यकारी निर्देशक ओयो (इन्डिया एण्ड साउथ एसिया) वरुण सर्राफ, उद्यम कल्याणकारी र सुश्री थ्रीजा दोउ, प्रबन्धक (व्लीङक भेन्चर) लगायतले उद्यमशिलताको बिषयमा आफ्नो अनुभव सहितको संस्थागत धारणा राखेका थिए।

रंजीत आचार्य, प्रमुख कार्यकारी निर्देशक (प्रिज्म एड्भरटाइजीङ्ग), हेमराज ढकाल, सहसंस्थापक तथा प्रबन्ध निर्देशक, आइएमइ ग्रुप, नरोत्तम आचार्य कार्यकारी निर्देशक, किंग्स कलेज, सुशील पोखरेल, प्रमुख कार्यकारी निर्देशक, सुष्मिता ग्रुप, सुश्री सन्तोषी राना– संस्थापक, विहानी सामाजीक भेन्चर, कुबेर चालिसे, संपादक कारोबार दैनिक र असगर अली, प्रधानमन्त्रीका प्राविधिक सल्लाहकारले पनि उद्यमशिलताको विभिद पाटोमाथि  सहभागीहरूबिच अनुभव र धारणा रारवेका थिए ।

काठमाडौं, पोखरा, विरगंज, चितवन र विराटनगर लगायतका सहरहरुमा गरिएका कार्यक्रमहरु, चार महिने अभियान, दशवटा कलेजस्तरीय गतिविधिहरु तथा ३० दिने प्रशिक्षणहरुको माध्यमबाट भारतीय दूतावास र क्लोक वी पाँचलाख उद्यमशील व्यक्तिहरुसम्म पुग्न सफल भएको छ ।

समग्रमा पन्द्र सय जना उद्यमीहरुले यस सम्मेलनमा भाग लिनका लागी दर्ता गराएका थिए जसमध्ये ६सय जना छानिएका छन् । सो मध्ये १०० जनाले लगानीकालागी आफ्ना नव व्यवसायका सोचहरु प्रस्तुत गर्न इच्छा जाहेर गरेका थिए । जसमध्ये ५२जनाको अडिसन लिइएको थियो।

अन्तिम चरणमा एयरलिफ्ट टेक्नोलोजी, मेकर भयाली, अफरिङ ह्यापीनेस, वाकम्यान ग्रीनक्वाइन्स र स्वदेशी इन्नोभेसन्स तथा भारतबाट अनस्कूल फ्रम इन्डिया गरीे ६ वटा संस्थाहरुले आफ्ना नव व्यवसायिक सुरुवातबारे प्रस्तुती गरेका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *