Breaking News

सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट

सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट

 

सर्लाही : देव विकास बैंकसँग समायोजनको प्रकृयामा रहेको सहारा विकास बैंकलाई नेपाल स्टक एक्सचेञ्जले सूचीकरणबाट हटाएपछि बैंकको कारोबार ह्वात्तै घटेको छ ।

केही दिन अगाडी कम्पनीहरुले प्रवाह गर्ने सूचना सम्झौता अनुसारको हुन नसके पछि कम्पनी प्रति कडा रुपमा उत्रिएको नेप्सेले सहाराको शेयर सूचीकरण खारेज गरेको थियो ।

नेप्सेका अनुसार सहारा विकास बैंकले घोषणा गरेको लाभांशको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएकाले सूचीकरण खारेज गरिएको हो ।

सुचिकरणबाट खारेज भएपछि उक्त बैंकसँग कारोबार गर्दै आएका संघ संस्था ,व्यापारी तथा व्यक्तिगत खाताधारीहरुले आआफ्नो खाता धमाधम बन्द गराउन थाले पछि कारोबारमा एकाएक गिरावट आएको बैंकका एकजना कर्मचारीले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा बताएको छ ।

साहारा विकास बैंक सर्लाही, मलंगवाले बिगतका दिनमा नेपाल सरकारको वित्तीय कारोबार ऐन विपरीत बैंक संचालन गरेको भन्दै नेपाल राष्ट्र बैंक तथा नेपाल स्टक एक्सचेञ्जले पटकपटक चेताउँदै आइरहेको भएपनि सम्बन्धित कार्यालयका निरिक्षणकर्ताहरु लाई उक्त बैंकले ठुलो रकम नजराना (भेटी)स्वरूप दिएर कारोबार गर्दै आएको जानकारहरुले बताएका छन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित चार लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *