Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

नेपाल सरकारका ६२ कर्मचारीहरुलाई भारतद्वारा तालिम दिने घोषना

नेपाल सरकारका ६२ कर्मचारीहरुलाई भारतद्वारा तालिम दिने घोषना

राजविराज : भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत नेपाल सरकार अर्थ मन्त्रालयका ६२ कर्मचारीहरुहरुलाई ‘Global Perspectives on Public Financial Management’ विषयमा विशेष तालिमको घोषणा गरेको छ ।

यसअघि नेपाल सरकार अर्थ मन्त्रालयले भारत सरकारलाई नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत ती कर्मचारीहरुलाई उक्त तालिम प्रदान गर्न अनुरोध गरेको थियो ।

नेपालको अर्थ मन्त्रालयको आवश्यकता अनुरुप तयार पारिएको यो कार्यक्रम इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्समा हुन गइरहेको छ ।

यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्नेछ ।

यो तालिम ३ ब्याचमा सञ्चालन गरिनेछ । प्रथम ब्याचका २० नेपाली कर्मचारीहरुहरुले सोमबारदेखि नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्समा तालिम लिइरहेका छन् ।

इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो ।

अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था Institution of Internal Auditors (IAA) Florida, Atlanta School of Public Policy, Duke University, Management Development Institute (MDI) Guragaon, Indian Institute of Management, Bengaluru आदि जस्ता प्रमुख संस्थाहरुसँग आबद्ध छ ।

इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत मित्र राष्ट्रहरुका कर्मचारीहरुलाई तालिम प्रदान गर्ने साझेदार संस्था हो ।

विश्वव्यापी कार्यक्रमका अतिरिक्त इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्सले छिमेकी राष्ट्रहरु अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स तथा श्रीलंका का कर्मचारीहरुलाई पनि विशेष तालिम प्रदान गर्दै आएको भारतीय राजदूतावास काठमाडौंले जनाएको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *