Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

बालिका बलात्कारको प्रयास गर्नेलाई ५ वर्ष कैदको फैसला

बालिका बलात्कारको प्रयास गर्नेलाई ५ वर्ष कैदको फैसला

राजविराज ।ठ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले हिजो एक युवकलाई पाँच वर्ष कैदसजायको फैसला गरेको छ ।
जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले राजगढ गाउँपालिका ४ कमलपुरका १९ वर्षीय महमुद मियाँलाई पाँच वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिनुभयो । सोही आरोपमा मुछिएका १३ वर्षका दुई बालकलाई भने अदालतले सफाई दिने फैसला गरेको छ ।
बाख्रा चराउन गएकी बालिकालाई नजिकैको नहरमा नुहाउन लगेर सामुहिक रुपमा बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएकी थिइन् ।
प्रहरीद्वारा घटना भएकै दिन ०७३ भदौ १५ गते पक्राउ परेपनि अदालतले नाबालक भन्दै भोलिपल्टै तीनै जनालाई छाड्ने आदेश दिएको थियो । आरोपित महमुदको उमेर १९ वर्षको प्रमाणित भएपछि प्रहरीले पुनः एक साता पछि पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलाशले आरोपित महमुद १५ हजार धरौटीमा ०७३ असोज १२ गते रिहा भएका थिए । जिल्ला अदालतले हिजो बलात्कार नभई बलात्कार प्रयास भएको पुष्टि गर्दै पाँच वर्ष कैद सजायको फैसला गरेपछि आरोपित फरार भएका छन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *