Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

विरेन्द्र बजार–राजविराज जोडने सडक बन्दै

विरेन्द्र बजार–राजविराज जोडने सडक बन्दै

 

राजविराज : सप्तरी जिल्लाको विकासमा प्रत्यक्ष प्रभाव पार्ने रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजार, तेरहौता–राजविराज हुदै फैकरा भारतीय सिमामा जोडने बैकल्पिक मार्ग निर्माण हुने भएको छ ।

उक्त सडक निर्माणको सोमबार नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव तथा प्रदेश सभा सदस्य मो. समिमले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

उक्त सडक निर्माण भएपछि सदरमुकाम राजविराजबाट १० कि.मि. टाढा रहेको राजमार्गसँगको दुरी घटेर ६ कि.मि.मा पुग्ने छ । ३० मंसिर २०७७ साल भित्र नाला र सडक निर्माण सक्ने गरी बज्रगुरु–विकास जे.भी. लहानले जिम्मा लिएको उक्त सडक निर्माण कार्यको लागत रु ११ करोड ३२ लाख ५० हजार (मुल्य अभिवृद्घि कर सहित) रहेको छ ।

पहिलो चरणमा ८५ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माण कार्य गर्ने ठेक्का पाएको निर्माण कम्पनीका प्रोपराईटर मनटुुन साहले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा डिभिजन सडक कार्यालय लहानको रेखदेखमा सो सडक निर्माणको कार्य थालिएको प्रोपराईटर साहले जानकारी दिएका छन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *