Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सशस्त्र प्रहरीको दुर्घटनामा मृत्यु

राजविराज: सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधिन कुनौली–राजविराज सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाइते राजविराज नगरपालिका १६ बोरिया निवासी देबचन्द्र यादवका छोरा ३० वर्षीय सरोज यादवको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरिक्षक खेम थापाले जानकारी दिनुभयो ।

राजविराजमा उपचार हुन नसकेपछि गएराति उनलाई धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । सशस्त्र प्रहरी बल वेस क्याम्प पातोमा कार्यरत यादव सवार को.४ प १७७ नम्बरको मोटरसाइकल गएराति साढे सात बजे निर्माणाधिन कुनौली–राजविराज सडक खण्डमा निर्माण भइरहेको कल्भर्ट पुलमा ठोक्किएको थियो । अधरो पुलको फलामे छड उनको छातीमा रोपिएको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *