Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्रदेश नम्बर -२ का सभामुख यादब मर्यादा लत्याउँदै किन पुगे मन्त्रीको कार्यकक्षमा ?

प्रदेश नम्बर -२ का सभामुख यादब मर्यादा लत्याउँदै किन पुगे मन्त्रीको कार्यकक्षमा ?

जनकपुरधाम –आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको विषयले अहिले प्रदेश दुई तातिएको छ ।

आइतबार फाइल लिएर कार्यकक्षमा आएका सचिव झालाई आफूले भनेको गैरसरकारी संस्थालाई योजना नपारेको भन्दै मन्त्री यादवले थप्पड हानेका थिए ।

प्रदेश २ का सभामुख सरोजकुमार यादव घटनाका प्रत्यक्षदर्शी हुन् । सचिव झालाई थप्पड हानेको समयमा उनी मन्त्रीको कार्यकक्षमै उपस्थित थिए ।

तर, मर्यादाक्रमलाई लत्याउँदै सभामुख यादव मन्त्रीको कार्यकक्षमा कसरी पुगे त ? यो प्रश्नको जवाफ अहिले सर्वत्र चासोको विषय बनेको छ ।

सरकारले भर्खरै राजपत्रमा प्रकाशित गरेर लागु गरेको मर्यादाक्रममा प्रदेश सभाका सभामुखलाई आठौँमा राखिएको छ भने प्रदेश सरकारका मन्त्री नवौँ नम्बरमा पर्दछन् ।

यस्तो छ मर्यादाक्रम

यस्तोमा सभामुख पदीय मर्यादा बिर्सिएर मन्त्रीको कार्यकक्षमा जानुलाई सर्वसाधारणले शंकाको दृष्टिले हेरिरहेका छन् । स्रोतका अनुसार सभामुख यादव पनि पहिले एनजिओ संकालक थिए र सो एनजिओ अहिले उनको नजिकका व्यक्तिले सञ्चालन गरिरहेका छन् ।

उनले सो एनजिआलाई योजना पार्न मन्त्रीको कार्यकक्षमा गएको स्रोतको अनुमान छ ।

हिजो भएको कुटपिट योजनामा मन्त्रीले भनेको एनजिओलाई छनोट नगरेको कारण भएको सचिव झाको दाबी छ ।

सङ्घीय सरकारको सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि एनजिओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताएका थिए ।

सचिव कुटपिट घटनाको चौतर्फी आलोचना भइरहेको छ । प्रदेश २ सरकारले सचिव कुटिएको विषयमा छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्री यादव संघीय समाजवादी फोरम नेपालबाट प्रदेश २ सरकारमा मन्त्री भएका हुन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *