Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

काठमाडौंमा भारतीय राजदूतावासले विश्व हिन्दी दिवस मनाइयो

काठमाडौंमा भारतीय राजदूतावासले  विश्व हिन्दी दिवस मनाइयो

काठमाडौं : भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दी दिवस मनाएकोछ । त्रिभुवन विश्वविद्यालय काठमाडौं अन्तर्गत हिंदी केन्द्रीय विभागको सहकार्यमा बिहीबार नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा होटल हयातमा विश्व हिन्दी दिवस मनाइएको छ ।

उक्त अवसरमा नेपालका लागि भारतका राजदूत मंजीवसिंह पुरीले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संदेश पढेर सुनाएका थिए ।

उक्त अवसरमा गोपाल ठाकुर तथा गुरूदेव कामतद्वारा हिन्दीका प्रख्यात कविका कार्यहरुको साङ्गीतिक प्रस्तुति गरिएको थियो । यसैगरी गायिका सरस्वती खत्रीद्वारा पनि साङ्गीतिक काव्य प्रस्तुति भएको थियो ।

उक्त अवसरमा केन्द्रीय हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइटको लोकार्पण पनि भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राजदूत पुरीद्वारा नेपालका आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिन्दी अनुवादसहित २ बटा हिंदी पुस्तकहरुको लोकार्पण भएको छ ।

साथै स्व. अटल बिहारी वाजपेयीका ५१ वटा कविताहरुको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मानित गरिएको छ । कार्यक्रमको अन्त्यमा एक कवि सम्मेलनको आयोजन गरियो जसमा लगभग १५ कविहरुले आफ्नो रचनाहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा अलग–अलग क्षेत्रहरुबाट लगभग २ सय  जना साहित्यिक व्यक्तित्वहरुले भाग लिएका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *