Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सरकारविरुद्ध आक्रामक बन्दै कांग्रेस, मन्त्रालय हेर्ने गरी छायाँ सरकार बनाउने

सरकारविरुद्ध आक्रामक बन्दै कांग्रेस, मन्त्रालय हेर्ने गरी छायाँ सरकार बनाउने

काठमाण्डौ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुन छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ । संसदीय दलको बैठकमा सभापति एवं ससदीय दलका नेता शेरबहादुर देउवाले पछिल्लो समय सरकारको क्रियाकलाप प्रभावकारी नभएको र सरकार विधि मिच्दै अघि बढेको भन्दै विदेशतिर जस्तै छायाँ सरकार गठन गर्नु पर्ने बताएका थिए । देउवाले सांसदहरुलाई सरकारकै शैलीमा मन्त्रालय हेर्ने गरी एक जना सांसदलाई तीन वटा मन्त्रालयको नाम दिन आग्रह गरेको सांसद मीन विश्वकर्माले जानकारी दिए ।
‘संसदमा कांग्रेसको प्रभावकारीता गर्ने गरी विषयगत कार्य क्षेत्रका आधारमा छायाँ सरकार बनाउनु पर्ने निर्णय भएको छ’ विश्वकर्माले नयाँ पत्रिकासँग भने, ‘छायाँ सरकारले सरकारका काम कारवाहीको सूक्ष्म अध्ययन गर्ने, संसदीय दलमा छलफल गर्ने र संसदमा खबरदारी गर्ने काम गर्छ ।’
नेता देउवाले विदेशमा ‘स्याडो गभर्मेन्ट’ बनाउने गरेको भन्दै कांग्रेसले पनि सरकारलाई खबरदारी गर्न यस्तै शैलीमा उत्रिने बताएका थिए । देउवाले रोजेर तीनतीन वटा मन्त्रालयको नाम मागेका थिए ।

सांसदहरुले नाम दिएपछि संयोजक र सदस्य बनाएर छायाँ सरकारको अभ्यास गर्ने तयारी कांग्रेसको छ ।
दलको बैठकमा प्रमुख सचेतक बालकृष्ण खाण, सांसदहरु जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, गगन थापा, मीन विश्वकर्मा, उमा रेग्मीसहितले धारणा राखेका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *