Breaking News

डाक्नेश्वरी नगरपालिकामा व्यापक अनियमितता ,गर्भ जाच गराउन समेत शुल्क तिर्नुपर्ने बाध्यता

डाक्नेश्वरी नगरपालिकामा व्यापक अनियमितता ,गर्भ जाच गराउन समेत शुल्क तिर्नुपर्ने बाध्यता
राजविराज – डाक्नेश्वरी नगरपालिकामा भएको ट्युवेल वितरण कार्यक्रममा व्यापक अनियमितता भएको छ ।
आ.व. २०७४\०७५ को बजेटमा नगरपालिकामा ४० लाख बराबरको ट्युवेल वितरण कार्यक्रम रहेपनि नगरपालिकाभित्र ट्युवेल गाडिएको देखिदैन ।
ट्युवेल खरिदका लागि प्रत्येक वडामा ४ लाखका दरले बजेट दिइएपनि वडा हरुमा ट्युवेल गाडिएको नभेटेपछि स्थानीय युवाहरु नगरपालिकामा डेलिकेशन गएका थिए ।
डाक्नेश्वरी युवा प्रतिष्ठानको अगुवाईमा गएको डेलिकेशनको स्थानीय तहका अधिकारीहरुले कुनै सुनुवाई गरेनन् । नगरपालिकाका मेयर शिव नारायण साहले चरवटा वडा बाहेक सबै वडामा ट्युवेल वितरण गरि गाडिएको दावी गरे । तर नगरपालिकाका कुनै वडामा ट्युवेल गाडिएको छैन भन्ने जिज्ञासामा उनले भने– नगरपालिकाका वडाहरुलाई जिम्मेवारी दिइएको थियो । जिम्मेवारीपुर्वक उनीहरुले काम गरेको छ ।
सार्वजनिक स्थानमा नदेखिएपनि व्यक्तिको आँगनमा ट्युवेल जडान हुन सक्ने उनले बताए ।
नगरपालिकाका जनप्रतिनिधिहरुले सार्वजनिक स्थानमा जडान गर्नुपर्ने ट्युवेल कार्यकर्तालाई बाँडेपछि स्थानीयहरु सेवाबाट बञ्चित भएका छन् । यस सम्बन्धमा नगरपालिकाका प्रशासकिय अधिकृत मिलन दाहालले भने– वडा अध्यक्षलाई दिइएको जिम्मेवारी उनीहरुले ईमान्दारी पूर्वक पुरा गरेनन् । अनुगमनको क्रममा घर आँगनमा ट्युवेल जाडान गरेको देखियो । तर सबै ठाउँमा त्यस्तो भएको छैन । केही स्थानमा मात्र आँगनमा ट्युवेल गाडिएको उनले बताए ।
स्वास्थ्य सेवामा पनि अनियमितता
नगरपालिका को वडा नम्बर ५ मा वडा अध्यक्ष दुखरन मण्डलको अध्यक्षतामा गठित समितिले निशुल्क स्वास्थ्य सेवालाई शुल्क लिई स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।
निशुल्क रुपमा गर्भ रहेको चेकजाँच गर्दै आएको स्वास्थ्य कार्यालयले हाल ६ सय ८० रुपैया लिई गर्भवतीलाई चेकजाँच गरिरहेको छ । त्यस्तै ब्लड ग्रुप छु्ट्याउन रु. १ सय रुपैया लिइरहेको जनाइएको छ ।
निशुल्क स्वास्थ्य सेवा लिदै आएका सर्वसाधारण जनताले शुल्क लिन थालेपछि बिरोधमा उत्रिएको छ । स्वास्थ्य सेवा निशुल्क गर्न नगरपालिकाले बर्षेनी लाखौ रुपैया स्वास्थ्य चौकीको नाममा छुट्याउँदै आइरहेको छ । यस सम्बन्धमा मेयर साहसँग प्रतिक्रिया लिदा उनले भने– यो निर्णयलाई अबिलम्ब सच्याउन लगाई सेवाग्राहीसँग लिएको शुल्क फिर्ता गर्न लगाउने छु ।
गैरसरकारी संस्था प्रतिपक्षीको भूमिकामा
नगरपालिकामा रहेका डाक्नेश्वरी युवा प्रतिष्ठान नामक संस्थाले नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै खबरदारी गरिरहेको छ ।
प्रतिष्ठानका अध्यक्ष अमरेन्द्र यादवले भने– नगरपालिकामा भ्रष्टाचार भइरहेको बेला कुनै प्रतिपक्षी दल तथा नेताहरुको ध्यान जान नसकेपछि हामी युवाहरुद्वारा यो प्रतिष्ठानले खबरदारी गरिहेको छ ।
नगरपालिकाका बेतिथिबिरुद्ध नारा जुलुस गरेका थियौ, तर त्यसको कुनै उपलब्धी हुन नसकेपछि प्रतिष्ठानले २०७५÷४÷२२ गते जिल्ला प्रशासन कार्यालयलाई ब्यापक भ्रष्टाचार भएको विषयमा ध्यानाकर्षण गराएका थियौ तर प्रमुख जिल्ला अधिकारीले सुनुवाई गरेनन्– यादवले बताए । हाल सुचनाको हकसम्बन्धी निवेदन दिएपछि नगरपालिकाले कुनै किसिमको सूचना समेत उपलब्ध गराएको छैन ।
यस सम्बन्धमा नगरपालिकाका अधिकृत दाहालले भने शिर्षक अनुसार लेखापालले खर्च छुट्याउन नसकेका कारण हामी सूचना उपलब्ध गराउन असमर्थ भयौ ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *