Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

पाकिस्तानको जनसंख्या ३ करोडबाट बढेर पुग्यो २० करोड ,बेरोजगार यूवा विश्व कै सुरक्षाको लागि खतराको घण्टी

पाकिस्तानको जनसंख्या ३ करोडबाट बढेर पुग्यो २० करोड ,बेरोजगार यूवा विश्व कै सुरक्षाको लागि खतराको घण्टी

इस्लामावाद – इस्लामिक आस्थाको निषेध गरिए झै पाकिस्तानमा निषेध गरिएको एक अर्को विषय हो त्यहाँ तीव्र गतिले बढिरहेको जनसंख्या ।
पाकिस्तानका इस्लामाबादमा बसोवास गर्दै आएका आयूव खानले भने विगत ५ दशकदेखी पाकिस्तानमा कुनै पनि सरकारले जनसंख्या सम्वन्धि कुनै योजना बनाउन सकेको छैन । कुनै पनि राजनीतिज्ञले यसबारे कुरै गर्दैन् । महामारीबाट बच्न खोजेको गरी मिडीया पनि यस मुद्दाबाट बच्न खोज्ने गरेको छ । यो कुनै पनि मञ्चमा चर्चाको विषय बन्दैन । समग्रमा यो परिवार र समाजभित्र कुरै गर्न नहुने बिषय बनेको छ ।

यो विषयमा नवनिवार्चित इमरान खानको सरकार र सैन्य नेतृत्व पनि एउटै पानामा उभिएको छ । जनसंख्या र सुरक्षालाई दुई अलग अलग विषयको रुपमा लिनुपर्दछ तर पाकिस्तानमा यसलाई अन्तरसम्बन्धित बनाइएको प्रमाणित हुँदै गएको छ । पपुलेशन एक्शन इन्टरनेशनल गरेको एक अध्ययनअनुसार सन् १९७० पश्चात विश्वमा घटेका ८० प्रतिशत आतंकवादी घटनाहरु यूवा बढी भएको तथा तीव्र रुपले जनसंख्या बढीरहेको मूलुकबाट हुने गरेको पाइएको छ । हिंसाको भूमिको रुपमा परिचय बनिसकेको पाकिस्तान यसको जवलन्त उद्दाहरण हो जहाँ हजारौं मानिसहरु सैन्य कारबाही र अतिवादी हिंसाको कारणले मारिएका छन् । जनसंख्या रुपी बिष्फोटकले पाकिस्तानलाई एक दिन धवस्त पार्नेमा कुनै शंका छैन् र यसको शिकार सबसे पहिले नेपालसहित पहिले उसका छिमेकीहरु हुनेछन् जहाँ बेरोजगार यूवाहरु जिहादीको रुपमा कतलेआम मचाउन उत्पादन गरिनेछन् ।

पाकिस्तानमा जनगणना पनि हुँदैन् । बेलायती शासनको दौरान सन् १८६१ मा भएको जनगणनापछि सन् १९९८ मा मात्र उपयूक्त ढंगले जनगणना गरिएको थियो । सन् २०१६मा जनगणना गर्न खोज्दा गणकहरुको हत्या गर्न थालिएको थियो । विकीपिडिया अनुसार पाकिस्तान नियन्त्रित काश्मिर र गिलगित–बल्तिस्तान क्षेत्रबाहेक त्यहाँको जनसंख्या करीब २० करोड रहेको छ जसले पाकिस्तानलाई विश्वको पाँचौ सबसे ठुलो जनसंख्या भएको देश बनाउँछ । पाकिस्तानी जनसंख्या परिषद्ले त्यहाँले बर्षेनी ४० लाख अनअपेक्षित गर्भ रहने गरेको प्रक्षेपण गरेको छ जसको मुख्य कारण त्यहाँको गरिबी हो जहाँ बहुसंख्यकसँग गर्भपरिरोधक साधन किन्न समेत पैसा हुँदैन् । सन् १९४७ मा भारत बिभाजनको बेला पाकिस्तानको जनसंख्या करीब ३ करोड मात्र थियो । ज्यामिती हिसाब बढीरहको यस प्रणालीले नै ईस्लामिक स्टेटका लागि कार्यकर्ता दिने गरेको छ भने सन् २००८ मा मुम्बई आक्रमणमा संलग्न १० जना यूवाहरु पनि यही प्रणालीको उत्पादन थिए । पाकिस्तानमा त्यहाँको जनसंख्याको अनुपात एकदम न्यून संख्यामा रोजगारको उपलब्धता छ । त्यहाँको हिंसक वातावरणले गर्दा कसैले लगानी पनि गर्न खोज्दैनन् । त्यसकारण त्यहाँ यूवाहरु जिवनयापनका गैर गैरकानूनी र आतंकबादी गतिविधीमा संग्लन हुन बाध्य छन् ।

निराश हुँदै इरफान हुसैन लेख्छन की इमरान खान जो की आफुलाई धार्मिक अधिकारका लागि लड्ने नेताको रुपमा उभ्याएका छन् उनले पनि जनसंख्या वृद्धिको यस प्रबाहविरुद्ध कुनै कदम चाल्नेछैन्न । धार्मिक गुरुहरुलाई पनि यो प्रश्न गरिदा की बच्चाहरुको पालनपोषण कसरी हुन्छ उनीहरुले अल्लाहले गर्नेद्धछन् भनी मुख बन्द गरिदिन्छन । आयूव खान जनसंख्या वृद्धिलाई गम्भिर रुपमा लिने अन्तिम नेता हुन् जसले परिवार नियोजन योजनामा लगानी गरेको थिए तर उनी पछि कुनै पनि राजनेता यस बिषयबारे गम्भिर रहेको देखिदैनन् ।

निश्चय नै यस अनुपातले वृद्धि भईरहको पाकिस्तानी जनसंख्या विश्वको लागि खतराको घण्टी बनेको छ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *