Breaking News

सवल नेपालले सामाजिक परीक्षण गरे

सवल नेपालले सामाजिक परीक्षण गरे

राजविराज – राजविराजस्थित गैर सरकारी संस्था सवल नेपालले सामाजिक परीक्षणको आयोजना गरेको छ । सप्तरीका सरकारी कार्यालय तथा स्थानीय तहहरुले समेत सामाजिक परीक्षण नगरिरहेको सन्दर्भमा सवल नेपालले यो कार्यक्रम गरेर सामाजिक दायित्व निर्वाह गरेको छ ।
आईतबार सवल नेपालले हालसम्म गरिएका गतिविधी, गतिविधीबाट प्राप्त भएको उपलब्धी, समाजमा भएको परिवर्तन, बजेटसहित संस्थाका हरेक जानकारी र गतिविधी सार्वजनिक गरेको छ ।
कार्यक्षेत्रभित्रका जनप्रतिनिधी, सम्बन्धित निकायका प्रतिनिधी, कर्मचारी, सेवाग्राही, कार्यक्षेत्रका सर्वसाधारणसहितको उपस्थितिमा सवल नेपालको सामाजिक परीक्षण कार्यक्रम गरिएको हो ।
स्थानीय ग्रीन मधेश दैनिकका सम्पादक श्रवणकुमार देवले सामाजिक परीक्षणको आवश्यक्ता, महत्वसहितको बिषयमा प्रकाश पार्दै सवल नेपालको बिभिन्न पक्षबारे सहभागीहरुलाई जानकारी गराए ।
कार्यक्रममा सहभागी भएका जनप्रतिनिधी तथा सरकारी प्रतिनिधीहरुले सवल नेपालले जिल्लाका लागि महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । यद्यपी उनीहरुले सवल नेपालको अगुवाईमा बालबालिका विद्यालय भर्ना गरिएपनि नियमित हुन नसकेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
‘भर्ना भएका बालबालिकामध्ये कतिपय नियमित नभएको बताउँदै खड्ग नगरपालिका ४ पन्सेरास्थित माविका प्रअ दारा चौधरीले भने, “आफूहरु यसमा लागिपरेको छु । सवलले पनि सहयोग गर्नु जरुरी छ ।”
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरन्जन यादवले सवल नेपालले गरेको काम समुदायमा देखिएको भन्दै अझ सकृय भएर समाजका लागि काम गर्न सुझाव दिए ।
सुरुङ नगरपालिकाका उप प्रमुख बिन्दा कुमारी पासवानले सवल नेपालका कारण आफ्नो नगरपालिकामा धेरै परिवर्तन आएको सुनाइन् ।
सवल नेपालका कार्यकारी निर्देशक दीपक झाले सामाजिक परीक्षण कुनै पनि संस्थाको दायित्व भएको सम्झेर आफूहरुले यो कार्यक्रम आयोजना गरेको बताए । उनले आगामी बर्षदेखि नियमित सामाजिक परीक्षणको आयोजना गर्ने बताउँदै सबैको तर्फबाट आएका सुझाव, गुनासालाई मध्यनजर गर्दै आफूहरु अगाडि बढ्ने बताए ।
कार्यक्रममा बिभिन्न ठाउँका जनप्रतिनिधी, विद्यालयका प्रअ, शिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधी, सरकारी निकायका प्रतिनिधीहरुको सहभागिता थियो ।
कार्यक्रमको आयोजना स्थानीय ग्रीन मधेश दैनिकले गरेको थियो ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *