Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

अस्थायी शिक्षकहरुलाई जब राज्यले नै फाल्नै पर्छ भनि नीति बनाए पछि

अस्थायी शिक्षकहरुलाई जब राज्यले नै फाल्नै पर्छ भनि नीति बनाए पछि

वि. के.एल.कर्ण
राज्यले समग्र शिक्षा क्षेत्रको सबभन्दा ठुलो बाधक अस्थायी शिक्षकहरु लाई मात्र देख्यो।

हो बदलिंदों परिवेशमा शिक्षा क्षेत्रमा नयाँ जनशक्ति को खाँचो छ र थियो पनि।तर त्यसको ब्यवस्थापन केवल अस्थायी शिक्षकहरु लाई बहिर्गमन गराएर मात्र हुन्छ त ? राज्यकै भाषामा भनौ भने पुराना शिक्षकहरु शिक्षा क्षेत्रमा अग्रगमनको बाधक हो रे !

त्यसो भए ति पुराना शिक्षकहरु चाहे अस्थायी हुन वा स्थायी , उचित सेवा(सुबिधा दिएर बिदाई गर्नुपरथ्यो र शिक्षा क्षेत्रको सुधारको मार्ग खोल्नु पर्थ्यो । तर.. उसले ला‘ली(पा‘प पाएर स्थायी भएका पुराना स्थायी शिक्षकहरु, सिंडिकेट खड़ा गरेका हेडसरहरु, शिक्षा कार्यालय र त्यसका कर्मचारीहरुको भूमिका ,विभाग र त्यसका कर्मचारीहरुको भूमिका तथा बिभेदकारी शिक्षा नीतिहरुलाई सुदृढ़ र गुणस्तरीय शिक्षाका लागि दोषी कहिल्यै देखेनन र देख्ने आँट पनि गरेनन।

आफ्नो आलोचना नहोस र आफू प्रति औंला नठडियोस भने डरले कमजोरिहरु लाई ढाक(छोप गरी आ(आफ्ना साख बचाउन प्रहार गर्ने एउटै सहज र सरल ठाउँ उसले भेटायो ( त्यो थियो अस्थायी शिक्षक, र शुरू भयो “एनी हाऊ, अस्थायी भगाऊ “ जस्ता रणनीतिहरु को कार्यान्वयन। अस्थायी शिक्षकहरुले यहि मूल षड्यंत्र नबुझेर आज यो दुर्ग्ति सम्म आईपुगेको अवस्था रहेको छ। सरकारको नियत सफा थियो भने सर्वोच्चको फैसलाको कार्यन्वयन गर्थ्यों। आठऔं र नवौ संसोधन आउनु नै पर्दैनथ्यो। नियमावली नै पर्याप्त थियो।

नयाँ सहमती र समझ्यौताको कुनै आवश्यकता नै थिएन।यदि अस्थायी शिक्षकहरु निजामती कर्मचारिहरु जस्तै एक ढिक्का थिए भने सरकारलाई उसको नीति उनिहरुका विरुद्ध प्रयोग गर्न निकै मुश्किल पर्ने निश्चित थियो। यो त तय नै थियो। आफ्ना नीतिहरुलाई कार्यन्वयन गर्न उसलाई कमजोर कडी कै आवश्यकता थियो।अनि शुरू भयो अस्थायी शिक्षकहरु माथि जानाजान प्रहार गर्ने रणनीतिहरु।
१.पहिलो त अस्थायी शिक्षकहरुलाई राजनेताहरु देखिन लिएर तथाकथित बुद्धिजीवीहरु(स्मरण रहोस् यि तिनै बुद्धिजीविहरु हुन जसले परीक्षामा पनि किताब हेरेरै लेख्न दिनुपर्छ भनि सल्लाह दिन भ्याएका थिए।) एवम मीडिया जगत लगायतकाले तथानाम अपशव्दहरु प्रयोग गरी मनोबल तोड़ने काम गरियो। यसको उचित प्रतिवाद नत अस्थायी शिक्षकहरुले गर्न सके नत शिक्षकहरुका नाम मा खड़ा भएका संघ, संगठन, महासंघले नै ।

उचित अभिभावकत्व पनि पाउन सकेनन अस्थाईहरुले, हकÞ अधिकारको त कुरै छोड़ौं।अस्थायी शिक्षकहरु २०औं बर्षो सेवा गर्दा अस्थायी रहिरहनुमा उनीहरुको को कुनै दोष नै थिएन र छैन पनि।
२.अर्को तिर बिद्यार्थी जगतलाई पनि खूब उचाल्ने काम भयो। विद्यार्थीहरुको आंदोलन देखाइ अस्थायी शिक्षकको मुद्दालाई निस्तेज पार्ने र छेकने काम सके सम्म गरियो,जसले शिक्षण पेशा प्रतिनै नैराश्यताको भाव फैलायो आम अस्थायी शिक्षकहरुका माझ।
यहि बहाना देखाई आठऔं र नवौं संसोधन आयो जसले आम अस्थायी शिक्षकहरुलाई बहिर्गमन गर्ने मार्ग प्रशस्त गर्यो।
३.अर्को प्रहार स्वरूप अस्थायी शिक्षकलाई खंड खंडमा बांटने काम भयो। गजÞबको कुरा के छ भने अस्थायी शिक्षकहरु बाट पनि उचित अनुचित बिचारै नगरी बिना दूरदर्शिताले यसलाई सहर्ष स्वीकार गरियो । यो ठीक कस्तो थियो भने (जस्तै काठकै बिंड भएको एउटा वन्चराले जंगलको काठ एक एक गरी काटदै गर्दा पनि यि बन्चरा आफ्नै त हुन भनि स्विकार गर्नु। अनि कसो बहिर्गमन हुँदैनथ्यो अस्थायी हरुको ?
४.अनि अर्को प्रहार पाठ्यक्रममा भयो।२०बर्ष पुराना शिक्षकहरुलाई नयाँ पाठ्यक्रम दिईयो। कार्यरतको जस्तो प्रश्न पनि दिईएन।बिल्कुलै खुल्ला बिज्ञापनको जस्तो प्रश्न राखियो।पाठ्यक्रम भन्दा बाहिर गएर पनि प्रश्न राखियो।बिज्ञान र गणितमा त झन अंग्रेजी र नेपाली दुबै मा प्रश्न राखिनु पर्नेमा अंग्रेजीमा मात्र राखियो। ठीक संग प्रश्न बुझ्ने अवसरै पनि दिईएन।
५.अर्को प्रहारको रुपमा परिक्षाको मिति अत्यंत कम समय राखेर तोकियो।विद्यालयमा कोर्स सकिनु पर्ने बेलामा २०र२२ दिनको म्याद राखि परीक्षा दिन लगाइयो। बिद्यालयमा काम गर्दै आयोगको जस्तो परिक्षाको तैयारी गर्नु अत्यंत चुनौती पूर्ण एवम कठिन काम थियो।अस्थायी शिक्षकहरुलाई परिक्षाको तैयारी गर्न अवसरै पनि दिईएन।
६.अर्को प्रहार स्वरूप ऐनमा भएको ब्यवस्थालाई पनि व्यवहारमा लागू नगर्ने काम गरियो।७५५को नाममा ३७५र३८५सीट मात्र निर्धारण गरियो।
७.अर्को प्रहार स्वरुप शिक्षकहरुका छाता संगठन बाट शिक्षकहरुको हकहितको संरक्षण गर्नु भन्दा पनि बहिर्गमन हुने नीतिहरुलाई नै सहयोग तथा पक्षपोषण गर्ने काम गरियो। स्वयं अस्थायी शिक्षकहरुको एक समुह बाट पनि पछिल्लो अस्थाईहरुको आन्दोलनलाई सहयोग गर्नुको सट्टा बिपक्षमा जाने काम गरियो।जसले गर्दा कैंयन अस्थाईहरु जसले अत्यंत छोटो समय राखेर लिइन लागेको परीक्षालाई भ्रम र धोखा भनेका थिए ति शिक्षकहरु आंतरिक परीक्षाबाट बंचित पनि भए। अखिरमा आयोगले निकालेको आंतरिकको परिणामले पनि त परीक्षा कति ठूलो भ्रम र धोखा रहेको थियो भनि प्रमाणित पनि भएको छ।
८.अर्को प्रहार स्वरूप आयोगले निकालेको आंतरिकको नतीजा रहेको छ। शत प्रतिशतका नाममा ५०५प्रतिशत पनि नतीजा आउन नदिने काम भएको छ। ७५५को नाममा ३७र३८५ शिक्षकहरुलाई मात्र अवसर दिने काम भएको छ।जसले गर्दा हजारौं अस्थायी शिक्षकहरु र उनिहरुका परिवारको अवस्थामा अत्यंत विचल्ली उत्पन्न भएको छ। रोजगार बिहीन हुने अबस्था सृजना भएको छ अहिले राजनैतिक सोच, पावर र पहुँचका आधारमा तथा शिक्षकलाई बहिर्गमन गराउन नै आयोगको परिणाम आएको भनि चौतरफी चर्को बिरोध पनि भईरहेको छ।
अहिले समग्र अस्थायी हरुको आँखा सर्वोच्च अदालतको संबैधानिक इजलाश तिर फर्केको छ । सर्वोचले उचित न्याय देला भनि दिलै देखि आशा गरेका छन अस्थायी शिक्षकहरु ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *