Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

नेकपाको राजनीतिक स्केच

नेकपाको राजनीतिक स्केच

सन्तोष कुमार चौधरी
दुई तिहाईको बहुमत प्राप्त गरेर नेकपाले मुलुकमा कुन काम गर्दैछ भन्ने कुरा यस  पार्टीको स्थायी कमिटी बैठकको स्केच बनाउँदा थाहा हुन्छ । केपी शर्मा ओली पार्टीका अध्यक्ष हुन् । उनी देशका प्रधानमन्त्री पनि हुन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पार्टीमा समर्थक र आलोचक दुबै छन् । कुन बढी छन् भन्ने परीक्षणको चुनौती सहजै दिइँदैन त्यसैले कुन कति बेला बलियो छ वा हुन्छ भन्न सहज छैन ।
स्थायी समितिमा नेकपाका सबै ठूला नेता छन् । र नेकपा भनेको पनि स्थायी समिति नै हो । नेकपाको स्थायी कमिटीमा तत्कालीन एमालेका २६ जना छन् । नवौं महाधिवेशनमा ओली १४  नेपाल १२ को गुट अनुपात थियो ।
स्थायी समितिमा ओलीका आलोचकले इतर विचार समूहलाई ओली दरकिनार गरेको बताएका देखिन्छन् । यी आलोचकहरूमा अधिकांश माधवकुमार नेपाल गुटका बताइन्छ । दरकिनारको अर्थ सरकारी संयन्त्रको बाँडफाँटमा उपेक्षा हो । ओली पक्षधर १४ मध्ये १२ जनाले राजकीय नियुक्ति तथा जिम्मेवारी पाएका तर नेपाल पक्षधर एकजनामात्रले त्यस्तो अवसर पाएको विषय बैठकको केन्द्रीय विषय बनेको छ ।
नेकपा बनेको अर्थात् एमाले–माओवादी एकताको अहिले आठ महिना हुँदैछ । एकतापछिको यो पहिलो पटक स्थायी कमिटी बसेको हो । पार्टीका एउटा पक्षले लगातार बैठक माग गर्दै आए पनि अध्यक्ष ओलीले टार्दै आएका थिए ।
शुक्रबार सुरु भएको बैठकमा बिहीबारसम्म ३४ जना सदस्यले बोलेका छन् । सञ्चारमाध्यमका अनुसार सरकारी कामकाजलाई पनि तारो बनाइएको छ । तर कुनै नीतिगत विवाद सतहमा आएको पाइँदैन । अध्यक्ष तथा प्रधानमन्त्रीका  सहयोगीहरू ओलीप्रति पूर्ण वफादारीको प्रदर्शन गरेकाले ओलीको अनुहारमा कुनै प्रकारको सिकन देखिएको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रीहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, रघुवीर महासेठ, मुख्यमन्त्रीहरू शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा महासचिव विष्णु पौडेल, योजना आयोग उपाध्यक्ष पुष्प कँडेल, पार्टी प्रदेश इञ्चार्ज तथा प्रदेश २ प्रदेशसभामा संसदीय दलका नेता सत्यनारायण मण्डल एमाले नवौं महाधिवेशनमा ओलीका पक्षमा थिए । वामदेव गौतम सांसदमा पराजित भएकोले अपेक्षित जिम्मेवारी पाउन सकेका छैनन् । यद्यपि गौतमलाई संसदमा ल्याएर उपयुक्त ठाउँमा पु¥याउने पछिल्लो प्रयास नभएको होइन । उता मुकुन्द न्यौपाने मात्र जिम्मेवारी नपाएका हुन् । गौतम र न्यौपाने अहिले ओलीका आलोचक बनेका छन् । नेपाल पक्षबाट पार्टी सचिव तथा मन्त्री गोकर्ण विष्ट जिम्मेवारी पाउने नेता हुन् । https://scontent.fktm1-2.fna.fbcdn.net/v/t1.15752-9/
समानान्तर समूहमा किचलो चलिरहेको छ भने आफू धैर्य गरी बस्नु अर्को पक्षको स्वभाव हुन्छ । राजनीतिक भाषामा यसैलाई ‘पर्ख र हेर’ को नीति भनिन्छ । नेकपाका अर्का घटक माओवादी केन्द्र अहिले यही स्थितिमा प्रतीत हुन्छ । हुनत यो घटकले पनि पार्टी जिम्मेवारी वितरणमा ओलीले विधान र मापदण्ड मिचेको आरोप नलगाएको होइन । तर खुलेर बोलेका छैनन् ।
नेकपा स्थायी कमिटीमा माओवादीका १९ जना छन् । उनीहरू पुष्प कमल दाहाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ समूहका आधारमा छानिएका हुन् तर पर्ख र हेरकै कारणले ऐक्यबद्धताको स्थितिमा देखिन्छन् । हुनत यस ऐक्यबद्धताका प्रमुख आधारहरूमा पूर्व माओवादी समूहहरूबाट भइरहेको वैचारिक आक्रमणलाई पनि एक मान्न सकिन्छ ।

बैठकमा बोल्नेमा अब ११ जना छन्, जसमध्ये केही विदेशमा छन् । त्यसपछि सचिवालयका नेताहरूको बोल्ने क्रम सुरु हुनेछ ।
वामदेव गौतम सचिवालयमा छन् । उनी फरक मत प्रस्तुत गर्ने तयारीमा रहेको बताइन्छ । यसले के देखाएको छ भने पूर्वएमालेले नेकपाभित्र एक नयाँ शीर्षस्थ प्रतिस्पर्धी पैदा गर्न लागेको छ । हुनत गौतमको नयाँ अवतारले नेतृत्वलाई खासै चुनौती दिने देखिदैन, किनभने प्रचण्डपक्ष्ँको साथ उनलाई प्राप्त छ, तर वामदेव गौतमको नयाँ उदय भने अवशयम्भावी छ ।
राजनीतिक बार्गेनिङ्गको यो माहौलमा सरकारको कार्य प्रगतिको समीक्षाको सवाल स्थायी कमिटीमा फिका देखिन्छ । पार्टीमा सरकारी कामकाजको प्रभावकारी विश्लेषण भएन भने त्यसले सरकारको पर्फर्मेन्सलाई नै कमजोर बनाउँछ । किनभने प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नै पार्टीबाट फिडब्याक लिनुपर्ने हुन्छ । किनभने विपक्षी तथा अन्य पार्टीहरूको त उसले डिफेण्ड गर्नुपर्ने हुन्छ । स्थायी समितिले सरकारी कामकाजको समीक्षा नगरे पनि अन्ततः सरकारी कामकाज सन्तोषजनक रहेको निर्णय सार्वजनिक गर्ने गरी बैठक सकिएको सार्वजनिक गर्नेछ

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *