स्थानीय प्रारम्भिक बाल विकास कार्यक्रमका लागि राजपत्रको विमोचन

स्थानीय प्रारम्भिक बाल विकास कार्यक्रमका लागि राजपत्रको विमोचन
राजविराज – सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाले प्रारम्भिक बाल विकास कार्यक्रम संचालन नीति २०७५ स्थानीय राजपत्रको एक कार्यक्रम विच विमोचन गरेका छन् ।
खडक नगरपालिका र  कल्याणपुरले बिहिवार जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकरले प्रारम्भिक बाल विकास कार्यक्रम संचालन नीतिको विमोचन गरेको हो ।
नगरपालिकाका नगर प्रमुख हेमायु हकको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा प्रशासकिय अधिकृत निरज देवले नीति नियम बनाउने क्रममा गहन छलफल गरी बनाएको हो । यसलाई कार्यान्वयन गर्नका लागि सबै नगर वासिले सहयोग गरे कार्यान्वयन गर्न सजिलो हुने बताए ।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालको समन्वय र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुरको प्राविधिक सहयोगबाट प्रारम्भिक बाल विकास कार्यक्रम संचालन नीति नियम बनाउन सफल भएको हो । समाजसेवी विनोद कुमार, नगरपालिका वडा नम्बर ८ का मो. इसराईल, सेभ द चिल्ड्रेनका जिल्ला कोर्डिनेटर देव विलास यादव,  सेतो गुराँस सप्तरीका ओम प्रकाश शाह लगायतले पाँच वर्ष मुनिका बालबालिकाहरुको अवसरका लागि बनाएको नीति नियम कार्यान्वयन गरी कार्यक्रमलाई सफल बनाउनुपर्नेमा जोड दिए । भने नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भगवती चौधरीले स्वागत गरेका थिए ।
बुधवार सुरुङ्गा नगरपालिकाले पनि प्रारम्भिक वाल विकास कार्यक्रम संचालन नीति नियम २०७५ को विमोचन गरेका थिए । सप्तरी जिल्लामा यि दुई नगरपालिकामा मात्र हालसम्म प्रारम्भिक वाल विकास कार्यक्रममा लागि नीति नियम बनाई स्थानीय राजपत्रको विमोचन गरी सफल भएका छन् ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *