Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

प्राविधिक शिक्षा नीति विपरित व्यक्तिगत रुपमा संचालन,विद्यार्थीहरुबाट लाखौ रुपैया असुली

प्राविधिक शिक्षा नीति विपरित व्यक्तिगत रुपमा संचालन,विद्यार्थीहरुबाट लाखौ रुपैया असुली
राजविराज – शम्भुनाथ नगरपालिका स्थित रहेको बुद्धिलाल बिद्या मुनर माध्यमिक विद्यालय भगवतपुर बडहरी सप्तरीमा संचालन रहेको प्राविधिक शिक्षा कार्यक्रम मापदण्ड विपरित व्यक्तिगत रुपमा संचालन भइरहेको छ ।
विद्यालयमा भदौ देखि संचालनमा रहेको प्राविधिक शिक्षा वाली विज्ञान संकायको कक्षा व्यक्तिगत रुपमा संचालन भएपछि विद्यार्थीहरु विचल्लीमा परेका छन् ।
विद्यालयको व्यवस्थापन समितिले नियम वितपरित निर्णय गरेर संचालमा रहेका प्राविधिक शिक्षा व्यक्तिलाई संचालन गर्न दिएपछि विद्यार्थी तथा अभिभावकहरु ठगिदै गइरहेको छ ।
प्राविधिक शिक्षा तर्फ ३८ जना विद्यार्थी भर्ना गराएको विद्यालयलाई शिक्षा सम्बन्धी केही जानकारी नभएको विद्यालयका प्रधानाध्यापक उमाकान्त यादवले जानकारी दिए । उनले भने– नियमले विद्यालयलाई नै संचालन गर्नुपर्ने प्राविधिक शिक्षा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका पदाधिकारीले व्यक्ति विशेषलाई सम्झौता गरेर संचालन गर्न दिएकोप्रति धेरै अभिभावक असन्तुष्ट रहेको छ । यस सम्बन्धमा हामीले बारम्बार छलफल गरेका छौ । संचालन रहेको कक्षा अब विद्यालयलाई नै फिर्ता गर्नुपर्ने प्रस्ताव व्यवस्थापन समिति समक्ष राखेका छौ । अब केही दिन भित्रै सम्झौता तोडेर प्राविधिक शिक्षालाई विद्यालय भित्रै फर्काउने बताए ।
यस्तै नगरपालिकाका शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवले– प्राविधिक शिक्षा संचालनका लागि सम्झौता गरेका कृष्ण देव चौधरीले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाका लागि वाली विज्ञान संकाय ल्याउन सहयोग गरेको र लाग्ने धरौटी रकम समेत उपलब्ध गराएकोले व्यवस्थापन समितिले लचिलो भई सम्झौता गरेको हुन सक्छ, उनले भने ।
तर यो नियम विपरित हो, विद्यालयकै मातहतमा संचालन हुनुपर्ने प्राविधिक शिक्षालाई व्यक्ति विशेषको जिम्मा लगाउनु नियम संगत नरहेको उनले जिकिर गरे ।
अध्यक्षको मिलोमतोमा प्राविधिक शिक्षा व्यक्तिलाई जिम्मा लगाइयो
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबुरलाल चौधरीकै अगुवाईमा प्राविधिक शिक्षा कार्यक्रम व्यक्तिलाई जिम्मा लगाइएको व्यवस्थापन समितिका सदस्यहरुको भनाई छ । विद्यालयलाई कुनै किसिमको मुनाफा नहुने गरी लगाइएको जिम्मा गैर कानुनी रहेको शिक्षा नियमावलीमा प्रष्टै उल्लेख गरेको छ ।
व्यक्तिगत लाभ लिनलाई व्यवस्थापन समितिलाई समेत प्रलोभनमा पारी आफ्नो पक्षमा माहोल बनाएर सम्झौता गरेको स्थानीयहरुको आरोप छ ।
शम्भुनाथ नगरपालिकाका नगर विकास समितिका अध्यक्ष समेत रहेका बिरेन्द्र कुमार पंडितले प्राविधिक शिक्षाका लागि बर्षौ देखि पहल भइरहेको थियो । यसबर्ष ल्याउन सफल भएपनि केही व्यक्तिले आर्थिक प्रभावमा परी व्यक्तिको जिम्मा लगाउनु निन्दनीय रहेको बताए । विद्यालयले यस्तो कार्यलाई अबिलम्ब सच्याउनुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।
व्यक्तिलाई जिम्मा लगाएपछि विद्यार्थीलाई घाटा
संचालनमा रहेको प्राविधिक शिक्षामा नाम दर्ता गर्न विद्यार्थीहरुलाई १ लाख भन्दा बढी रकम गैर कानुनी रुपले तिर्नु परेको छ । ३ वर्षे प्राविधिक शिक्षाका लागि १ लाख ४९ हजार तिर्नुपर्नेमा हाल २ लाख ५० हजार सम्म विद्यार्थीहरुसँग उठाएर प्राविधिक शिक्षाका लागि सम्झौता गरेका कृष्ण देव चौधरीले आफ्नो व्यक्तिगत खातामा जम्मा गर्न लगाएको स्थानीय वासिहरुले गुनासो गरे ।
प्राविधिक शिक्षा पढ्नका लागि प्रावधान अनुसार प्रथम किस्तामा ३० प्रतिशत रकम मात्र भुक्तानी गरी नाम दर्ता हुन सक्ने नियम रहेपनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्झौता गरेका शिक्षा संचालक चौधरीले एकै किस्तामा २ लाख ५० हजार रुपैया भुक्तानी गर्न लगाई विद्यार्थीको अभिभावकलाई पिडा दिने गरेको नेपाली काँग्रेसका नगर सभापति सुरेन्द्र प्रसाद गुप्ताले बताए ।
उनले भने– विद्यालय व्यवस्थापन समितिले नियम विपरित सम्झौता गरेको छ, यस्तो विद्यालय व्यवस्थापन समितिलाई विघटन गरी नयाँ व्यवस्थापन समिति बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
यस्तै नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरीले नियम संगत सम्झौता गर्न नदेखिएपछि सम्झौता गर्नु व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयको प्रधानाध्यापकको गल्ती रहेको बताए ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *