Breaking News

बोदे बर्साइनमा क्रिकेट प्रतियोगिता शुरु,पहिलो दिन बैरयाको जित

बोदे बर्साइनमा क्रिकेट प्रतियोगिता शुरु,पहिलो दिन बैरयाको जित
राजविराज – बोदे बसाईन नगरपालिकामा रहेको च्यामपियन स्टार क्रिकेट टिमद्वारा संचालित क्रिकेट प्रतियोगिताको उदघाटन शनिवार एक कार्यक्रम विच सम्पन्न भएको छ ।
प्रदेश सभा सदस्य अभिशेक यादवले व्याडिङ गर्दै खेलको उदघाटन गरेको छ । खेलको उदघाटन गर्दै सांसद यादवले खेलकुदको विकासका लागि प्रदेश सरकार हर सम्भव सहयोगी भूमिका निर्वाह गरिरहने बताए । उनले सप्तरी जिल्लामा खेलकुदको स्थितिलाई मध्यनजर गरी राष्ट्रस्तरको रंगशाला निर्माण गर्नुपर्नेमा जोड दिए ।
खेलकुद समितिका अध्यक्ष मो. मंसुरको अध्यक्षतामा भएको कार्यक्रममा बोदे बर्साइन वडा नं. ५ का वडा अध्यक्ष मजेबुल रहमान, जिल्ला समन्वय समितिका सदस्य मो. दाउद हुसेन, राजपाका नगर समिति संयोजक अमरेन्द्र यादव, प्रहरी नायव निरिक्षक प्रदिप सिंह, पत्रकार लोकेन्द्र यादव लगायतले आआफ्नो धारणा राखेका थिए । यस्तै शनिवारको खेल विहारको लौही भर्सेस, बैरिया सप्तरी बिच भएको छ ।
टस जितेर बैरयाले पहिलो ब्याडिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ ओभरमै अलआउट हुँदै २ सय १० रन बनाउन सफल भएको थियो भने जवाफी ब्याडिङ गर्दै लौकही टिमले १ सय ५ रनमै अलआउट भएपछि बैरया टिमले सहज जित हात पारेका थियो ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *