Breaking News

हिन्दु सनातन धर्ममा ७ पुरी, राजदुत सिंह आठौ पुरी : योगी

हिन्दु सनातन धर्ममा ७ पुरी, राजदुत सिंह आठौ पुरी : योगी

राजविराज : रामसीता विवाह उत्सवमा सहभागी हुन जनकपुरधाम आएका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ह्न्दिु सनातन घर्ममा ७ पुरी भए पनि आठौ पुरीको रुपमा भारतीय राजदुत मन्जीव सिंह पुरी रहेको बताएका छन ।
जनकपुरस्थित रंगभूमि मैदानमा सीता र रामको स्वयंवर कार्यक्रममा बोल्दै मूख्य मन्त्री योगीले नेपालको सम्बन्ध लार्ई प्रागाढ बनाउन सहयोग गर्ने भातीय राजदुत आठमा पुरीको रुपमा स्थापित भएको बताए । उनले भने नेपाल र भारतको सांसकृतिक तथा आर्थिक सम्बन्धलाई सुधारेकोले राजदुतपुरी आठमा पुरीको रुपमा स्थापित भएको छ ।, उनले जनकपुरधाम ज्ञान, दर्शन र तत्वको खानी रहेकोले यसको विकास हुनुपर्ने बताए । उनले जनकपुरधाम १० हजार वर्ष पहिलेदेखि ज्ञानभूमिका रुपमा रहिआएको बताए । ‘जय सीता मैया’ भन्दै मन्तव्य सुरु गरेका योगीले नेपाली भाषामा ‘नमस्कार तपाईंहरुलाई’ भनेपछि रंगभूमि मैदान तालीले गुन्जिएको थियो ।
योगीले आफू भारतको दूत बनेर आएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबासीका लागि बधाई र शुभकामना पठाएको पनि बताए । अयोध्याधाम र जनकपुरधामको पौराणिक इतिहास रहेको टिप्पणी गर्दै योगीले नेपाल र भारतको पनि आफनो छुट्टै धार्मिक तथा सांस्कृतिक इतिहास रहेको बताए । राजा जनकको धरती जनकपुरधाम आउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै उनले यहाँ आएर अपनत्व महसुस भएको बताए ।
जानकीबिना रामको कल्पनासम्म गर्न नसकिने धारणा व्यक्त गर्दै योगीले सीतारामको जयकार गर्दा पनि सीताकै नाम अगाडि आउने स्मरण गरे । योगीले नेपालमा नारीको गरिमापूर्ण सम्मान भइरहेको आफनो बुझाइ रहेको स्पष्ट पारे । उनले नेपालसँग जोडिने भारत, उत्तरप्रदेशका सबै सडक स्तरोन्नतिको काम सुरु गरिसकिएको जानकारी दिँदै कनेक्टिभिटीलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । योगीले भारत सरकारले नेपाल भारतको सीमानासंग जोडिएको सडक सञ्जालको निर्माणका लागि एकमुस्ट आर्थिक सहयोग गरेको बताउदै दुई देशको प्रचीन सम्बन्धलाई भौतिक विकासले अझै मजबुद बनाउने पनि बताए ।
रामायण सर्किटको काम पनि अगाडि बढिरहेको उनले जानकारी दिए । त्यस्तै, दुवै देशले कृषिका सम्भावनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । योगीले भारतको प्रसिद्ध कुम्भमेलामा आउन जनकपुरवासीलाई निम्तो पनि दिएका छन् । योगी जानकी मन्दिरमा विशेष पूजापश्चात् प्रदेश सरकारले आयोजना गरेको भण्डारामा सहभागी हुन उनी मधेस भवन गएका थिए । यसै विच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं २ को धरोहरको रुपमा रहेको जनकपुरधामको अध्यात्मिक तथा भौतिक विकासका लागि प्रदेश सरकार ठोस योजनाका साथ अगाडी बढेको पनि बताए ।
मूख्यमन्त्रीयोगी रंगभूमि मैदानमा सीतारामको स्वयंवर हेरेर सीधै जनकपुर विमानस्थल फर्के । त्यहाँबाट विशेष निजी विमान चढेर उनी भारत फर्केका छन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *