
सप्तरी -अर्थमन्त्री युवराज खतिवडाले सोमबार सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन् ।
विद्युत, पानी, सुरक्षालगात आधारभुत पूर्वाधार समेत नभएका कारण उद्योग सञ्चालमा समस्या परेको गुनासो बढरहेका बेला खतिवडाले औद्योगिक क्षेत्रको निरिक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री खतिवडाले औद्योगिक क्षेत्रको समस्याका विषयमा चासो व्यक्त गरेका छन । उद्योगीरव्यवसायीले अन्य आधारभूत समस्यासँगै सुरक्षा चुनौती बढेको बताउनुभयो । मुलुकका अन्य क्षेत्रमा औद्योगिक सुरक्षाबलको व्यवस्था भएपनि सप्तरीमा त्यो व्यवस्था नहुँदा उद्योगरव्यवसाय सञ्चालनमा समस्या परेको उनीहरूको गुनासो छ ।
मन्त्री खतिवडाले औद्योगिक क्षेत्रमा सुरक्षा चुनौतीको विषयलाई गम्भीरतापूर्वक लिँदै चासो व्यक्त गर्नुभयो । ‘औद्योगिक क्षेत्रलाई आन्तरिक वा बाह्य सुरक्षा खतरा छ’ भन्दै उहाँले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारीहरूसँग जिज्ञासा रराख्नुभएको थियो ।