Breaking News

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन [email protected] मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

योजना अनुसारको काम सम्पन्न हुनेमा पूर्ण विश्वस्त छु : आतिश

योजना अनुसारको काम सम्पन्न हुनेमा पूर्ण विश्वस्त छु :  आतिश

राजविराज – बोदे बरसाईन नगरपालिकाका मेयर आतिश सिंह यादवले योजना अनुसारको काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
नगरपालिका क्षेत्र भित्रका योजनाहरु मध्ये ७० देखि ८० प्रतिशत काम सम्पन्न भईसकेकोले समयमै काम समपन्न हुने उनले बताए ।
“७० देखि ८० प्रतिशत काम सम्पन्न भईसकेको र वाँकी कामहरु केही समस्याका कारण बाँकी छन् त्यसलाई समाधान गरि अगाडी बढ्ने तर्फ हामी लागि रहेका छौं ।” मेयर यादवले भने ।
जनताको माग अनुसार नगरस्तरीय र वडास्तरीय योजनाहरुमा ५० प्रतिशत बजेट सडक निर्माणमा लगाईएको र त्यो कामहरु सम्पन्न भएको उनले जानकारी दिए ।
सप्तरी जिल्लाको विकट स्थानमा रहेको बोदे बरसाईन नगरपालिकामा जनचेतनाको अभावका कारण समस्याहरु आईरहेको छ तर बजेट फ्रिज नहुने यादवको भनाई छ ।
“यो वर्षमा माटो सहितको बाटो निर्माणका कामहरु समपन्न गर्ने स्थितिमा छौं,कतिपय स्थानमा माटो ग्राभेल सहितको बाटो र नाला सहितको बाटो निर्माण काम सम्पन्न भई सकेको छ ।” उनले भने ।
नगरपालिका स्तरिय योजनामा बोदे बरसाई बजारको तीनवटा सडकलाई आर.सी.सी. ढलान गरिने मेयर यादवले जानकारी दिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *