मधेशी पत्रकारको शपथग्रहण तथा पदस्थापना सम्पन्न

मधेशी पत्रकारको शपथग्रहण तथा पदस्थापना सम्पन्न

राजविारज – मधेशी पत्रकार समाज सप्तरीको शनिबार नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।
पदस्थापन समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साहले पत्रकारले आफ््नो पेशालाई जिवन्तता प्रदान गर्न पत्रकारितालाई निरन्तरता दिनु पर्ने बताएका छन्् ।
मधेशको अत्यधिक सूचना प्रवाह गर्न छुट््टै मिडिया हाउसको स्थापना गर्नुपर्नेमा जोड दिदै उनले पत्रकारिता पेशालाई मर्यादित एवं ब्यवसायीक बनाउन क्षमता अभिबृद्धिको आवश्यकता रहेको बताए ।
साहले समाज परिर्वन गर्न पत्रकारको अहम भूमिका रहेको र पत्रपत्रिकाको विकासका लागि मधेश केन्द्रीत पत्रकारको संस्था आवश्यक रहेकोमा जोड दिए
उनले पत्रकारितामा रोजगारी सृजना गर्नका लागि नव पत्रकारहरुको क्षमता अभिबृद्धी गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा मधेशी पत्रकार समाजका केन्द्रीय सचिव संजीव विक्रम शाहले राज्यले मधेशी पत्रकारहरुलाई अहिले पनि फरक दृष्टीकोण वाट हेरीरहेकोे बताए । उनले प्रदेश नम्बर २ मा मधेश केन्द्रीत दलको सरकार भएपनि आफनो नजिक भएको संचार मध्यमलाई मात्र सहयोग गरिहेको आरोप लागए ।

गत जेठ २६ गते मधेशी पत्रकार समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा रामअधिन साह, उपाध्यक्षमा चन्दनकुमार यादव, सचिवमा शैलेशकुमार कर्ण, कोषाध्यक्षमा जिवछ दास सर्वसम्मत चयन गरिएको छ । यसैगरी सदस्यमा प्रिति अधिकारी, मनोज मेहता, महेन्द्र सदा, लोकेन्द्र यादव, अनवर अलीलाई चयन गरिएको छ ।
निर्वाचन समितिका संयोजक शुभचन्द्र झाको अध्यक्षतामा आयोजित पदस्थापन समारोहमा मधेशी पत्रकार समाजका केन्द्रीय सचिव संजिवबिक्रम साह, निर्वाचन समिति सदस्य सतिश दत, मधेशी पत्रकार समाजका निवर्तमान अध्यक्ष शैलेन्द्रकुमार सिंह, मधेशी पत्रकार समाजका केन्द्रीय पार्षद श्रवणकुमार देव, क्रान्तिकारी पत्रकार संका पूर्व अध्यक्ष राजु विश्वकर्मा, प्रेस युनियका पूर्व अध्यक्ष ओमप्रकाश साह, गैसस सप्तरीका कोषाध्यक्ष बौवालाल यादव लगायतले निर्वाचित पदाअधिकारीको सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *