स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक मधेशी रिहा

स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजक मधेशी रिहा

राजविराज । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका सप्तरी जिल्ला सँयोजक सुरेन्द्र मधेशी आज रिहा भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश चन्द्रकिशोर यादवको एकल ईजलाशले दिएको आदेशानुसार उनी ११ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

राजविराज नगरपालिका वडा नम्वर–७ खरसाल टोल स्थित आफ्नै निवासबाट गत कार्तिक २३ गते अपरान्ह जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेका थिए ।
यसैबिच सोही दिन राजविराज–६ स्थित खरसालमा बनाईएको गठबन्धनका केन्द्रीय संयोजक राउतको मूर्ती लग्ने क्रममा प्रहरीले रुपनी गाउँपालिका वडा नम्वर–३ हर्दियाका भानु भनिने शर्मालाई समेत पक्राउ गरेर लगेका थिए । उनी समेत जिल्ला प्रशासन कार्यालयबाट बुधबारै रिहा भएका छन् ।
सुरेन्द्र मधेशी रिहा भएको खुशीयालीमा गठबन्धनका कार्यकर्ताहरुले स्वागत सहित नाराबाजी गर्दै राजविराज परिक्रमा गराएका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *