बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियारलाई पदबाट हटाउन सिफरिस

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियारलाई  पदबाट हटाउन सिफरिस

काठमाडौं — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारको प्रतिष्ठानमा अनेकौ कमजोरी देखिएपछि उनलाई पदबाट हटाउन सिफरिस गरिएको छ।

उनलाई छानबिन समितिले प्रधानमन्त्री केपी ओलीसमक्ष हटाउन सिफारिस गरिएको हो । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको छानविन समितिले प्रतिष्ठानलाई सहीरुपमा चलाउन नसकेको भन्दै निष्कर्ष निकाल्दै रौनियारलाई हटाउन सिफारिस गरिएको हो।

प्रतिष्ठानमा आर्थिक अनियमितताका घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा प्रतिष्ठानका शिक्षाध्यक्ष गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए । रौनियार उपकुलपति बनेपछि वर्षमा दुई पटक बस्ने प्रतिष्ठानको सिनेट बैठक बस्न सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा तत्कालीन स्वास्थयमन्त्री गगन थापाको सिफारिसमा रौनियार पाँच वर्षका लागि प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका थिए ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *