नहरभित्र वेपत्ता भएका युवकको शव फेला प¥यो

नहरभित्र वेपत्ता भएका युवकको शव फेला प¥यो

राजविराज – माछा मार्न भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित कोशी पश्चिमी नहरभित्र वेपत्ता भएका युवकको शव तीन दिनपछि मंगलबार फेला परेको छ ।
डाक्नेश्री नगरपालिका ३ हटैल निवासी रामबाबु मुखिया आईतबार दिउँसोदेखि वेपत्ता भएका थिए । २६ बर्षीय मुखिया डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ६ फत्तेपुरस्थित कोशी पश्चिमी नहर र खड्ग खोलाको बीचमा जमेको पानीमा डुबेर वेपत्ता भएपछि उनको खोजी तिब्र पारिएपनि उनी फेला पर्न सकेका थिएनन् ।
मंगलबार काठमाडौंबाट आएको गोताखोरको टोलीले उनको शव निकालेको छ । प्रहरी निरीक्षक पुरुषोत्तम अधिकारीको नेतृत्वमा आएको गोताखोर टोलीले उनको शव बाहिर निकालेको प्रहरीले जनाएको छ । प्रहरी हबल्दार बलराम अधिकारीले उनको शव बाहिर निकालेका हुन् ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *