जनकपुरधामको सरसफाई योजनाका लागि २ अर्ब १० करोडको सम्झौता

जनकपुरधामको सरसफाई योजनाका लागि २ अर्ब १० करोडको सम्झौता

जनकपुर– जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयबीच मंगलबार २ अर्ब १० करोड रुपैयाँ बराबरको ‘जनकपुरधाम सरसफाई तथा पोखरी संवर्द्धन योजना’ अघि बढाउने सम्झौता भएको छ।

जनकपुर क्षेत्रमा रहेका ३१ वटा पोखरी र बाह्र बिघा मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदानको रुपमा विकास गर्नका लागि आज सम्झौता भएको आयोजना प्रमुख विद्यानाथ भट्टराईले जानकारी दिए।

सम्झौतामा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगाना, वडा नम्बर २५ का वडाध्यक्ष उमेश यादव र खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठ, महानिर्देशक सुनिलकुमार दास र आयोजनाका तर्फबाट इन्जिनियर सुधिर कुमार साहले हस्ताक्षर गरे।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *