विद्यापतिको स्मृति दिवस मनाईयो 

विद्यापतिको स्मृति दिवस मनाईयो 
राजविराज–मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवस राजविराजमा बुधवार विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
महाकवि विद्यापति स्मृति दिवसका अवसरमा झाँकी प्रदर्शन तथा विभिन्न संघ÷संस्था एवम् व्यक्तिलाई सम्मान गरिएको छ ।
मैथिली साहित्य परिषद्को आयोजनामा निस्केको झाँकीले राजविराजका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
मिथिलाको कला संस्कृति झल्कने भेषभुषासहितको झाँकी मैथिली भवनमा पुगी सभामा परिणत भएको थियो ।
उक्त अवसरमा मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा योगदान पु¥याउने प्राध्यापक उमाकान्त झा, प्राध्यापक भोला झा, पूर्व प्राचार्य नथुनी दास र संगीतकार शैलेन्द्र विश्वकर्मालाई शिवदत्त मिश्र स्मृति पुरस्कारद्वारा सम्मानीत गरिएको छ । यस्तै पुरस्कारबाट सुरेन्द्रप्रसाद देवलाई मरणोपरान्त सम्मान गरिएको छ ।
http://newstoday.com.np/wp-content/uploads/2018/11/
यसैगरी, गायक कैलाश झा र गायिका अन्जु यादवलाई विजयन्द्र विनोद कला पुरस्कारबाट सम्मान गरिएको परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिए । यस्तै संस्थागत रुपमा राजविराज नगरपालिका र चित्रगुप्त सेवा समितिलाई सम्मान गरिएको छ ।
आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा विद्यापतिको ठूलो योगदान छ । मैथिली भाषा र साहित्यमा उनको योगदानको उच्च सम्मान गर्दै नेपाल र भारत दुवै देशले आ–आफ्नो देशको हुलाक टिकटमा उनको तस्बिर अंकित गरेका छन्। विद्यापति स्मृति दिवसकै अवसरमा नेपाल र भारत दुवै देशमा मैथिली आन्दोलन सुरु भएको परिषद्का वरिष्ठ सदस्य अजयकुमार झाले जानकारी दिए ।
Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *