कास्कीमा भारतले गरे तीन शैक्षिक संस्था निर्माण

कास्कीमा भारतले गरे तीन शैक्षिक संस्था निर्माण

राजविराज – भारतीय दुतावासले कास्की जिल्लामा तीन शैक्षिक संस्था निर्माण गरेको छ । निर्माण गरिएको शैक्षिक संस्थाहरुलाई शनिवार एक कार्यक्रम विच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी र भारतीय दूतावासका मिशन उप–प्रमुख डा. अजय कुमारले उद्धाटन गरेका छन ।
पर्यटन मन्त्री अधिकारीले लेखनाथ नगरपालिकास्थित श्री सरस्वती टिका उच्च माध्यमिक विद्यालयको उद्घाटन गरेका छन भने , भारतीय दूतावासका मिशन उप–प्रमुख डा. अजयले श्री लक्ष्मी आदर्श महुमुखी क्याम्पस र श्री गुप्तेश्वर महादेव महुमुखी क्याम्पस उद्घाटन गरेको दुतावासले जनाएको छ ।
सरस्वती टिका उच्च माध्यमिक विद्यालय नेपाली रुपैँया ३७.१०, मिलियन लक्ष्मी आदर्श बहुमुखी क्याम्पस नेरु ४८.४० मिलियन , गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस नेरु ४१.१० मिलियन बराबरको भारतीय सहयोगमा उक्त शैक्षिक संस्थाहरु निर्माण गरिएको होे । सरस्वती टिका उच्च मावि राष्ट्रिय परिक्षा बोर्डसँग आबद्ध भई १०+२ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ ।

कास्की जिल्लाको प्रतिष्ठित उक्त विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त विद्यालयमा विद्यालयमा अध्ययनरत झण्डैै एघार सय विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।
लक्ष्मी आदर्श बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्ध भई शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालिन कार्यक्रम एवं १०+२ तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पनि सेवा प्रदान गर्दै आएको छ । यस क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन् ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पनि त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रही गैरनाफामूलक प्राज्ञिक संस्था हो जसले बि.एड., बिबिएस र एमबिएस संकायमा सेवा प्रदान गर्दै आईरहेको छ । सन् २०१८को शैक्षिक सत्रदेखि यस क्याम्पसले बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ । यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन् ।
नव निर्मित संरचनाहरुमा सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय, निर्माण गरिएको छ । दुतावसले निर्माण गरेको शैक्षिक संस्थाहरुले विद्यार्थीका लागि अध्ययनगर्ने वातावरणलाई थप उर्जाशील बनाउनुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्नेछ ।

Online Saptari Registration
Online Saptari Registration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Under News Detail – 750 X *